| शुक्रबार, बैशाख ३, २०७८

गौतम वुद्ध क्रिकेट रङ्गशालामा गोरखा कक्ष निर्माण गर्न आरुघाट गाउँपालिकाद्धारा एक लाख सहयोग

गोरखाको आरुघाट गाउँपालिकाले चितवनमा निर्माण भईरहेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले धुर्मुस सुन्तली फाउण्डेसनले अगुवाई गरेको उक्त कामका लागि एक लाख सहयोग गरिएको बताए ।

उक्त रकम सो मैदानमा गोरखा कक्ष निर्माण गर्न खर्च गरिने सिताराम कट्टेल ‘धुर्मुस’ ले बताए । उक्त अभियानमा जोडिएको भन्दै आरुघाट गाउँपालिकालाई फाउण्डेसनले धन्यवाद दिएको छ । संघ प्रदेश, स्थानीय तह, संघ संस्था, ब्यक्तिहरुले पनि उक्त मैदान निर्माणमा श्रमदान सँगै आर्थिक सहयोग सुरुदेखि गर्दै आएका छन् । अहिले जनस्तरबाट मैदान निर्माण गर्ने अभियान संचालन भईरहेको फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्