| आइतवार, बैशाख २६, २०७८

पत्रकार महासंघ गोरखाद्धारा शुभकामना अदान प्रदान

नेपाल पत्रकार महासंघ गोरखा शाखाले नयाँ वर्षको अवसर पारेर शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ ।

जिल्ला शाखाको आयोजनामा बुधवार भएको कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले लोकतन्त्र र प्रेस स्वतन्तत्राका लागि लागि पर्ने बताए । ‘पत्रकार आफैँ पनि आफ्नो जिम्मेवारी र कर्तब्य प्रति सचेत हुनुपर्छ’ उनले भने ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अथिति जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, उपप्रमुख जानुका अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिबाकोटी पत्रकार महासंघका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राखेका सचिव बिकास मरहट्टाले बताए ।

सोही अवसरमा गण्डकी प्रदेश समिति सचिवमा निर्वाचित पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष एव कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्षमा निर्वाचित राजेन्द्र न्यौपानेलाई दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।
यस्तै नेपाल ट्रेड युनियन कांग्रेस गोरखाले नव निर्वाचित पत्रकार महासंघ गोरखाको पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ । ट्रेडयुनियन कांग्रेसका अध्यक्ष सदर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रिय प्रतिनिधी लुमनाथ लामिछाने, पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, पत्रकार महासंघका गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने, पत्रकार महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटा, ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष रामशरण आचार्य लगायतले धारणा राखेका थिए ।

उक्त अवसमार सहभागीले पत्रकारहरुले ट्रेड युनियन को हक अधिकारको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाले पनि पत्रकार महासंघ गोरखाका नब निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य रामचन्द्र अर्याल, पूर्व अध्यक्ष शिब केसी, जिल्ला सचिव हरिराम परियार, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले धारणा राखेका थिए । सहभागीले नयाँ वर्ष २०७८ सालको शुभकामना अदान प्रदान गरेका थिए ।
यस्तै ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय ओम शान्ति परिवार गोरखाले पत्रकारहरुलाई सम्मान गरेको छ ।

पत्रकार महासंघका प्रदेश अध्यक्ष नारायण शर्मा, सचिव कैलाशाबाबु श्रेष्ठ र जिल्ला अध्यक्ष नरहरि सापकोटालाई माला, खादाले सम्मान गरिएको हो । ओम शान्ति परिवारले नयाँ वर्षको अवसरमा एक आपसमा सुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्