| शुक्रबार, चैत्र १६, २०८०

चोरीको आरोपमा सिरानचोकका एक युवा पक्राउ


नगद र सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

गोरखा नगरपालिका ५ का मार्गदर्शनटोलका अमृतबहादुर घर्तीको घरबाट नगद र गहना चोरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका १ का २१ बर्षका सुकबहादुर कुँबर(खुइले विकास)लाई पक्राउ गरेको हो ।


कुँबरको साथबाट कुँबरको साथबाट चोरी भएको भनिएको एकलाख रुपैयाँमध्य ४३ हजार रुपैयाँ र भिभो ब्राण्डको मोबाइल पनि बरामद गरिएको छ ।

उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्