| शनिबार, बैशाख ८, २०८१

पालुङटार नगरपालिकाद्धारा कृत्रिम घाँसे मैदानका लागि दुई लाख सहयोग

गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा निर्माण भएको कृत्रिम घाँसे मैदानका लागि पालुङटार नगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नगरप्रमुख दिपकबाबु कंडेलले मैदान निर्माण गर्ने द ओसन क्लवका अध्यक्ष अमित खत्रीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
फुटबल खेलमा गोरखाका खेलाडीको प्रतिभा उजागर गर्ने ठाउँको रुपमा बिकास गर्न आर्टिफिसियल मैदानका लागि सहयोग गरिएको उनले बताए ।

उक्त मैदान गोरखामा नै पहिलो हो । प्रदेश, स्थानीय तहहरु, संघ संस्था र ब्यक्तिगत सहयोग जुटाएर द ओसन क्लवले उक्त मैदान निर्माण गरेको हो । मैदानलाई पूर्णता दिन अभैm केही काम बाँकी रहेको अध्यक्ष खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्