| शनिबार, बैशाख ८, २०८१

‘जुरायो’ द्वारा आइशोलेसन सहित गोरखाका ९४ वडालाई स्वास्थ्य सामग्री सहयोग

‘जुरायो’ नामक संस्थाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन केन्द्र सहित जिल्ला भित्रका ९४ वडामा स्वास्थ्य सामग्री बितरण गरेको छ । बिहिवार उद्योग बाणिज्य संघ गोरखाको भबनमा नगरपालिकाले संचालन गरेको आइशोलेसन केन्द्रमा आयोजित एक कार्यक्रमका बिच उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।


‘गोर्खालीको अग्रसरता, गोरखाको लागी’ भन्ने अभियान संचालन गरी सहयोगीहरुबाट संकलन गरेको रकमले खरिद गरिएको उक्त स्वास्थ्य सामग्री ‘जुरायो’ समुहका सदस्य रञ्जितकुमार श्रेष्ठ र महेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।


आइशोलेसन सेन्टरकालागि मनिटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका सामग्री छन् । यस्तै हरेक वडाका लागि थर्मल गन, मास्क, सेनिटाईजर, अक्सिमिटर रहेको जुरायो समुहका सदस्य रञ्जितकुमार श्रेष्ठले बताए । साथै पत्रकार महासंघ गोरखा मार्फत गोरखाका पत्रकारका लागि १५ थान अक्सिमिटर पनि संस्थाले सहयोग गरेको छ ।


‘जुरायो’ संस्था दुई वर्ष अघि ११ जना गोरर्खाली युवाहरु मिलेर बनेको समुह हो । उक्त समुहको सक्रियतामा देश बिदेशमा रहेका गोर्खालीले सहयोग गरेपछि करिब १८ लाखको स्वास्थ्य सामग्री दिन सकिएको सदस्य श्रेष्ठले बताए । साथै युरायोले नेपाल रेडक्रस सोसाईटी गोरखा मार्फत खद्यान्न अभाव भएकालाई सहयोग गर्ने गरी एक लाख रुपैयाँको चेक रेडक्रस सभापति भगबानबाबु मास्केलाई प्रदान गरेको छ ।


हरेक वडाका स्वास्थ्य संस्थालाई जिल्ला समन्वय समिति मार्फत बितरण गर्ने गरी समन्वय प्रमुख अशोककुमार गुरुङलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा समन्वय प्रमुख अशोककुमार गुरुङ, मेयर राजनराज पन्त, भिमसेन थापा गाउँपालिका प्रमुख इश्वर पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ, रेडक्रस गोरखाका सभापति भगबानबाबु मास्के, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले दाताहरुलाई धन्यवाद दिएका थिए ।
‘जुरायो’ समुहका सदस्य महेश श्रेष्ठले आगामी दिनमा पनि गोरखा र गोर्खालीकालागि संस्थाबाट निरन्तर सहयोग हुने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्