| शुक्रबार, साउन १५, २०७८

संक्रमित सुनचाँदी व्यवसायी तथा कालिगढलाई सहयोग गर्न हेल्पडेस्क स्थापना

कोभिड–१९ को भाइरसबाट संक्रमित सुनचाँदी व्यवसायीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले हेल्प डेस्क गठन गरेको छ ।

चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय हेल्प डेस्क र १९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको प्रदेश हेल्प डेस्कका सहसंयोजक तथा जिल्ला समन्वय समितिका संयोजक कृष्णबहादुर विश्वकर्माले जानकारी दिए ।


सदस्यबाट सहयोग रकम संकलन गरी व्यवसायी तथा उनीहरुका परिवार र कालिगढहरुलाई सहयोग गरिने उद्देश्यले हेल्प डेस्क गठन गरिएको विश्वकर्माले जानकारी दिए ।

हेल्पडेस्कले ११ लाख रुपैया भन्दा धेरै सङ्कलन गरिसकेको र संकलन कार्य जारी रहेको उनले बताए । सोही कोषमा नेपाल सुनचादी व्यवसायी महासंघले दुईलाख रुपैयाँ थप सहयोग गरेको उनले बताए ।

हेल्पडेस्कले ११ लाख रुपैया भन्दा धेरै सङ्कलन गरिसकेको र संकलन कार्य जारी रहेको उनले बताए । सोही कोषमा नेपाल सुनचादी व्यवसायी महासंघले दुईलाख रुपैयाँ थप सहयोग गरेको उनले बताए ।


हेल्पडेस्कले गोरखाका संक्रमित व्यवसायी हिमबहादुर विश्वकर्मालाई एम्बुलेन्समार्फत उद्धार गरी गोरखा अस्पतालमा उपचार गरेको विश्वकर्माले जानकारी दिए । त्यस्तै रुकुमका सुशीला विश्वकर्मा, नवलपुरका इन्द्रबहादुर सुनार, बाग्लुङका रोमबहादुर (यामु), गोरखाका हिम गोरखा, अक्षयकुमार श्रेष्ठ, कास्कीका पिताम्बर थापा, मंगलराज शाक्य, टुनलाल सुनार, लम्जुङका रविलाल विश्वकर्मा र काठमाडौंका सुनील श्रेष्ठलाई सहयोग गरिएको हेल्पडेस्कले जनाएको छ ।

हेल्पडेस्कले संक्रमित भएर मृत्यू भएका परिबारलाई राहत, संक्रमितलाई उपचार तथा उनको परिबारलाई पनि राहत, एम्बुलेन्सबाट उद्धार सेवा, अस्पतालहरुलाई अक्सिजन र औषधी प्रदान गर्दै संक्रमितबाट बच्नका लागि डाक्टरको परामर्श सम्पर्क तथा जुम प्रविधिबाट शिक्षा पनि दिने अभियान रहेको संयोजक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्