| शनिबार, अशोज २, २०७८

शहिदलखन ७ का १५० घरधुरीलाई वाटर फिल्टर बितरण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा एक सय ५० घरधुरीलाई पानी शुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको छ । खानेपानीको क्षेत्रमा काम गर्दै आएको वाईन टु वाटर नेपालले बाढी पहिरोका कारण पानीको समस्या भोग्न बाध्य घरधुरी, बिपन्न समुदायका ब्यक्ति छनौट गरेर फिल्टर बितरण गरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।


१० लाख ५० हजार रुपैयाँ खर्च गरेर फिल्टर बितरण गरिएको वाईन टु वाटर नेपालले जनाएको छ । बुधवार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले फिल्टर हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर, वाईन टु वाटर नेपालका कार्यक्रम निर्देशक रोशनी कार्की, सापकोटा, कार्यक्रम संयोजक सैली चित्रकार, वास संयोजक यज्ञराज जोशी, बोर्ड डाईरेक्टर राम तिमिल्सिना, सामाजिक परिचालक बिरु गुरुङ लगायतको उपस्थिती रहेको थियो ।


वाईन टु वाटर नेपालका कार्यक्रम संयोजक शैली चित्रकारको विषेश पहलमा वडाबासीलाई फिल्टर बितरण गर्न सम्भव भएको वडा अध्यक्ष श्रेष्ठले बताए । ‘शुद्ध र सफा पानी पिउनुपर्छ भन्ने चेतना जगाउन हामीले फिल्टर बितरण गरेका हौँ’ उनले भने । सोही अवसरमा फिल्टर बितरण संस्थालाई गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्