| बिहिबार, कार्तिक ४, २०७८

प्रसिद्ध नागेपोखरीमा धार्मिक तथा साँस्कृतिक मेला


अजीरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा धार्मिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । नागपञ्चमीको अवसरमा सो पोखरीमा बिगतमा जस्तै यसबर्ष पनि धार्मिक तथा साँस्कृतिक मेला लागेको हो ।


अजीरकोट गाउँपालिका, वौद्ध हिमाल पर्यटन विकास समिति, मुटु फाउण्डेशन र अपुन युवा क्लवले मेलाको व्यवस्थापन गरेको थियो ।


मेलामा अजीरकोट गाउँपालिकाका सबै गाउँटोल, सिरानचोक गाउँपालिका, पालुङ्टार नगरपालिका, गोरखा नगरपालिका, बारपाक सुलीकोट गाउँपालिकाका, लम्जुङको दूधपोखरी गाउँपालिकाको गाउँटोलदेखिका तीनहजार जना भन्दा धेरै जात्रुहरु मेला भर्न आएका थिए ।


मेला यसअघि पनि लाग्ने गथ्र्यो । यसबर्ष नागेपोखरीमा पूर्वाधार निर्माणपछि पहिलो पटक मेला लागेको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा सिरानडाँडादेखि ठूलो ह्मिदुसम्म करिब २० किलोमिटरसम्म सिँडी, तीन ठाउँमा खानेपानीधारा, पर्यटकीय विश्रामस्थल, शिवको शालिक, वुद्धको शालिक स्थापना गरिएको थियो ।


मेलाको अवसरमा वुद्धको शालिकमा सिरानडाँडाको हिमाली वौद्ध गुम्बाका लामाहरुले विधिवत रुपमा प्राणप्रतिष्ठा गरेका थिए । साथै खिन्पु, घ्याच्चोक(तुर्दी) लगायतका गाउँटोलबाट आएका जात्रुहरुले तामाङहरुको झाँक्री नाच प्रदर्शन गरेका थिए ।


नागेपोखरी मेलामा आयोजित छेलो हान्ने प्रतियोगितामा प्रेम तामाङ प्रथम भएका छन् । अजीरकोट ४ बालुवाका तामाङ प्रथम भएका हुन् ।


आयोजकले प्रथम हुने तामाङलाई नगद पाँच हजार र ट्रफी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्