| बिहिबार, कार्तिक ४, २०७८

गोरखा सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशन


गोरखा सुनचाँदी व्यवसायी संघको छैठौँ तथा सातौ साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

संघका निवर्तमान कार्यसमितिका अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट अतिथि महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, अर्का विशिष्ट अतिथि संघका गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


त्यस्तै महासंघका केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्मा, चितवन सुनचाँदी संघका उपाध्यक्ष यमबहादुर विक, संघका लम्जुङका अध्यक्ष देवबहादुर सुनार, सुनचाँदी महिला समूहकी अध्यक्ष लक्ष्मी विश्वकर्मा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका संघका गण्डकी प्रदेश समितिका उपसभापति कृष्ण सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्