| बिहिबार, बैशाख ६, २०८१

धार्चेको काशिगाउँमा ग्याँस चुल्हो, सोलार, जस्तापाता लगायतका सामग्री बितरण

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा स्थानीयलाई दैनिक उपभोग र प्रयोगमा आउने आवश्यक सामग्रीहरु बितरण गरिएको छ ।


५० परिवारलाई ग्याँस चुल्हो, १४ परिवारलाई सोलार, २७ जनालाई गाईभैँसीको गोठ निर्माणका लागि जस्तापाता मंगलवार बितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।

गाउँपालिकाको समन्वयमा वडा कार्यालयको बार्षिक कार्यक्रम अन्र्तगत १२ लाख रुपैयाँ खर्चमा उक्त सामग्री बितरण गरिएको उनले बताए ।
चार जनालाई सिलाईकटाई मेसिन, दुईजनालाई मासु ब्यवशायका लागि डिफ्रिज, एक जनालाई कफि र एक जनालाई इन्टरलक मेसिन प्रदान गरिएको हो । मंगलवार एक कार्यक्रमका बिच ति सामग्री बितरण गरिएको वडा अध्यक्ष घलेले बताए ।

‘आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यी सामग्री बितरण गरिएको हो’ अध्यक्ष घलेले भने ‘चाडबाड अगाडी राहत प्याकेज अन्र्तगत यो सामग्री प्रदान गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्