| शनिबार, जेष्ठ ५, २०८१

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९५ हजार ८ सय र चाँदीको मूल्य १२ सय ५ रुपैयाँ प्रतितोला तोकिएको छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदीको मूल्य १२ सय २० रुपैयाँ प्रतितोला थियो ।

प्रतिक्रिया दिनुहोस्