
सुन-चाँदीको मूल्य बढ्यो
मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४०० र चाँदी ५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलाम ९१ हजार ८ सय, तेजावी सनुको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार १८० रुपैयाँ प्रतितोला तोकिएको छ ।
सोमबार छापावाल सुनको मूल्य ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ थियो ।