| शुक्रबार, बैशाख २१, २०८१

अब नेपालीहरु हङकङमा पनि वर्किङ भिसामा जान पाउने

हङकङ सरकारले नेपालीहरुका लागि वर्किङ भिसा खुलाएको छ । सन २००५ देखि नेपालीका लागि रोकिएको हङकङको वर्किङ भिसा करिव दुई दशकपछि भने खुलेको हो ।

हङकङका प्रमुख कार्यकारी जोन लीले नेपाली ट्यालेन्टहरुका लागि हङकङले भिसा खुलाएको बताएको हुन् । उनले नीति सम्बोधनमा नेपालीका लागि केहि मापदण्डमा छुट दिएकोसमेत बताएका छन् ।

सन २००५ मा नेपालीका लागि भिसा रोकिएपछि नेपालीलाई हङकङ प्रवेशमा कठिनाई हुने गरेको थियो । यससँगै हङकङले भियतनाम र लाओसका जनताका लागि पनि भिसा खुलाएको छ । खासगरी यो क्षेत्रका विद्यार्थी, विभिन्न प्रतिभाहरुले हङकङको भिसा सजिलै पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्