
एनआईसी एशियाले बारपाकमा बिद्यार्थीलाई दियो शैक्षिक सामाग्री
गोरखा ः एनआईसी एशिया बैंक गोरखाले हिमालय मावि बारपाकमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयका कक्षा १ देखि ९ सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु (कपी, पेन्सील, डटपेन) लगायतका सामाग्रीहरु वितरण गरेको बैंकका गोरखा शाखाका प्रमूख राजेन्द्र पूडासैनीले जानकारी दिए ।
उक्त कार्यक्रममा बैंकका गण्डकी धौलागिरी क्षेत्रका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले शैक्षिक सामाग्रीहरुले विद्यार्थीलाई अध्ययन कार्यमा उत्प्रेरणा मिल्ने र विद्यार्थीको शैक्षिक स्तरमा बृद्धि हुने एंव अभिभाबकहरुमा पनि केहि हदसम्म आर्थिक रुपमा राहत प्राप्त हुने विश्वासले सहयोग गरेको बताए ।
त्यस्तै कार्यक्रममा विद्यार्थीहरुलाई वित्तिय शिक्षाका बारेमा पनि जानकारी गराइएको पुडासैनीले जानकारी दिए ।
बैंकका क्षेत्रीय सेल्स अफिसर तारा नाथ पौडलले बित्तिय साक्षरता कार्यक्रममा सहभागीलाई बैंक के हो ? बैंकले के काम गर्छ ? बैंक खाता के हो ? बचत कसरी गर्ने ? बैंकबाट कर्जा लिन के गर्नु पर्छ ? लगाएतका अन्य विविध विषयहरुमा जानाकारी गराएका थिए ।
विद्यालयका शिक्षक शिक्षक जनिबहादुर घलेले बैंकले गरेको शैक्षिक सामाग्री वितरणले वास्तबमा नै बिद्यार्थीहरुको अध्ययन अध्यापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । बैंकले हाल नेपाल भरी १८९ वटा शाखा कार्यलयबाछ सेवा दिईरहेको छ ।