| शनिबार, माघ ५, २०८१

भिमसेनथापाद्धारा ५९ करोड ४५ लाखको बजेट प्रस्तुत

भिमसेनथापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ५९ करोड ४५ लाख रहेको छ ।
गाउँसभामा पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारबाट ४९ करोड ३५ लाख र प्रदेश सरकारबाट ६ करोड २९ लाख प्राप्त हुने अनुमान गरिएको उनले प्रस्तुत गरेको बजेट बक्त्तव्यमा उल्लेख छ । यसैगरी पालिकाको आन्तरिक स्रोतबाट ८० लाख प्राप्त हुने उनले जानकारी दिइन् ।

संघीय सरकारको समानिकरण अनुदानतर्फ १२ करोड ४९ लाख, शसर्त अनुदान चालु तर्फ २५ करोड २२ लाख, शसर्त अनुदान पुँजीगत तर्फ ६० लाख प्राप्त हुने बताइएको छ । १ करोड ५० लाख समपुरक अनुदान, ८ करोड ७९ लाख राजश्व बाँडफाँड र ७५ लाख बिशेष अनुदान संघीय सरकारबाट प्राप्त हुने उनले बताइन् ।

प्रदेश सरकार मार्फत वित्तिय समानिकरणतर्फ १ करोड ८५ लाख ८२ हजार, सवारी साधन कर बाँडफाँड तर्फ ५४ लाख ४५ हजार, समपुरक अनुदानतर्फ ७० लाख र बिशेष अनुदानतर्फ ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । पालिकाले आगामी आव आर्थिक बिकास तर्फ ५ करोड ३० लाख, सामाजिक बिकास तर्फ ३० करोड ५० लाख र पुर्वधार बिकास तर्फ ८ करोड ८ करोड ७२ लाख ७० हजार रकम बिनियोजन गरेको छ ।

यस्तै, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ७० लाख ८० हजार, संस्थागत बिकास तथा सुशासनका लागी १ करोड ३ लाख ५० हजार तथा कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ १० करोड ३० लाख ३६ हजार गरी कुल ५६ करोड ५७ लाख ९४ हजार बराबरको बजेट विषयगत क्षेत्रमा बिनियोजन गरेको उपाध्यक्ष वस्तीले बताइन् ।

उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालनका लागी पालिकाले १५ लाख रकम बिनियोजन गरेको छ । मौरी प्रवद्र्धन कार्यक्रमका लागी ४ लाख र रैथाने वाली प्रवद्र्धका लागी ६ लाख रकम बिनियोजन गरेको बताइएको छ । यस्तै एक वडा एक उद्योग कार्यक्रमका लागी ४० लाख र सुन्तलाजात पकेट बिकास कार्यक्रमका लागी १२ लाख बिनियोजन गरिएको बताइएको छ । शिक्षा क्षेत्र सुधारका लागी पालिकाले विभिन्न र्शीषकको कार्यक्रमहरु ल्याएको छ ।

स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार सुदृढीकरण कार्यक्रम, विपन्न असाहय जेष्ठ नागरिक र गर्भवती महिलाहरुका लागी निशुल्क एम्बुलेन्स सेवा, निशुल्क औषधी तथा सामाग्री खरिद लगायतका कार्यक्रमहरुको लागी पनि बजेट बिनियोजन भएको पालिकाले जनाएको छ ।

यस्तै, भिमसेनथापा चक्रपथ अन्तरगतको धावा इत्लापोखरी सडक खण्ड स्तरोन्नतीका लागी संघीय समपुरक अनुदानबाट डेढ करोड र पालिकाको डेढ करोड गरी ३ करोड रकम बिनियोजन गरिएको छ । संघ र प्रदेश सरकार तथा विभिन्न संघ संस्थासँग साँझेदारी कार्यक्रम संचालनका लागी ३ करोड रकम छुट्याइएको छ ।

बोर्लाङ्ग ऐरिभञ्ज्याङ महादेवटार सडकका लागी १ करोड १७ लाख बिनियोजन पालिकाले गरेको छ । पालिका भित्र विभिन्न स्थानहरुमा आवश्यक झोलुङ्गे पुल निर्माण, पालिकाको प्रशासकीय भवन निर्माण, सहायक सडक तथा गोरेटो बाटो तथा सिँढी स्तरोन्नती, साना सिँचाई योजना निर्माण, मर्मत, सम्भार लगायतका कार्यक्रमहरुको लागी आवश्यक बजेट बिनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

वडा कार्यालयले संकलन गरेको राजश्वको आधारमा ३० प्रतिशत रकम पुनः वडाले छनोट गरेको आयोजना कार्यक्रममा खर्च गर्ने गरी २५ लाख रकम वडा साझेदारी र्शीषकमा बिनियोजन गरेको बताइएको छ ।

यसैगरी, डढेलो नियन्त्रण कार्यक्रम, वन नर्सरी स्थापना, फोहोरमैला व्यवस्थापन, सामूहिक दुर्घटना बिमा, सार्वजनिक सुनुवाई कार्यक्रम संचालन लगायतका विभिन्न कार्यक्रम संचालनका लागी पनि आवश्यक बजेट बिनियोजन गरिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्