गोरखा प्रदेश नाम राख्न गोरखाका संसदहरु तातौँ
केही दिन नयाँशक्ति नेपाल पार्टीबाट निर्वाचित भएका हरिशरण आचार्यले प्रदेश ४ को नाम तमुवान प्रदेश राख्नुपर्ने धारणा राखे त्यसपछि उनीप्रति धेरैले सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गर्नेहरु धेरै भए । अहिले गोरखाबाट प्रदेशसभामा छ जना सदस्यले प्रतिनिधित्व गरेका छन् । जातिय कुराबाट टाढा रहेर साझा चुन्नेबेला उनै छ जना मध्येका एक जना आचार्यले त्यसो भन्नु राम्रो पक्कै होइन । गोरखाकै सांसदले प्रभावशाली मन्त्रालयको जिम्मेवारी समेत पाइसकेका छन् । प्रदेशसभामा निर्वाचित लेखबहादुर थापा, रामशरण बस्नेत, हरिशरण आचार्य, प्रकासचन्द्र दवाडी र समानुपातिकतर्फबाट मन कुमारी गुरुङ र धनमाया लामा(पोखरेल)ले प्रतिनिधित्व गर्ने भएका छन् । प्रत्यक्ष र समानुपातिक गरी प्रदेश नं. ४ मा ६० जना सदस्य रहनेछन् । प्रदेशसभाका १० प्रतिशत सहभागी गोरखाली सांसदले प्रदेश नं. ४ को नाम गोरखा प्रदेश राख्न पहल गर्नु उपयुक्त देखिन्छ । गोरखा सबैभन्दा पूर्वी जिल्ला भएकाले केन्द्र दावी गर्नु सान्दर्भिक हुदैन । तर नाम दाबी गर्नु भने ज्यादै महत्वपूर्ण विषय हो । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहले राजधानी काठमाडौं स्थापित गरेपछि गोरखा अन्यायमा प¥यो, ओझेलमा प¥यो । तथापि इतिहासमा गोरखा सुनौलो अक्षरले लेखिएको नाम हो । देश विदेशमा पनि ‘गोरखा’ नाम प्रख्यात नै छ । त्यसैले यो प्रदेशको नामलाई गोरखा प्रदेश राख्न पहल गर्नु जनप्रतिनिधि सांसदज्यूहरुको हो । नेपाल एकीकरण गरेपछि गोरखा बिर्सने तत्कालीन राजाले अन्याय गरे पनि अहिले जनताबाट चुनिएका प्रतिनिधिले गोरखालाई न्याय दिनका लागि यो प्रदेशको नाम गोरखा राख्न पहल गर्नुपर्छ । प्रस्ताव पारित हुने नहुने, गोरखा प्रदेश नामाकरण सम्भव हुने नहुने एक ठाउँमा छ, तर प्रयास गरेर यसको परिणाम पर्खनु आवश्यक छ । यदि गोरखाको माया गर्ने हो भने, गोरखाको गौरब बढाउने हो भने, गोरखाबाट फेरि जनताबाट चुनिने हो भने गोरखाका लागि अविस्मरणीय काम गर्नुपर्छ । सबैभन्दा पहिले गोरखा प्रदेशका लागि पहल गर्नुपर्छ । यो एउटै काम अन्य कैयौं गुना पहल भन्दा प्रभावकारी हुनेछ ।