| शनिबार, बैशाख ८, २०८१

नयाँबर्षले सिँहदरबार गाउँमै भएको आभास गराओस ः शुभकामना

भनिन्छ, बुढापाका सम्झेर बाँच्छन्, युवायुवती कल्पेर बाँच्छन् शनिबारदेखि नयाँबर्षको अराम्भ हुदैछ । नयाँबर्षमा सबैले नयाँ जोश, नयाँ उमंग, नयाँपनको चाहना गरेका, कल्पना तथा कामना गरेका हुन्छन् । कामना, चाहना राख्ने गरेको दशकौं भएको छ । तर कुनै नयाँबर्षले नयाँपन खासै ल्याएको कसैले भोगेका छैनन् तर पनि त्यस्ता कामना गर्न भने छोडिएको छैन ।
आशा, कल्पनाले जीवनलाई आशावादी बनाउँछ । त्यसैले मिठोमिठो कल्पना गर्नु, राम्रो राम्रो कामना गर्नु मानवीय गुण हो । नयाँबर्षले देशलाई नयाँ बनाउनेछ भन्ने पक्कै सबैले विश्वास लिएका छन् । सदियौंको पुरानो संरचनाको अन्त्य भएर अधिकार सम्पन्न नयाँ स्थानीय तहको स्थापना भएको छ । स्थानीय तहको चुनाब पनि भयो । जनप्रनिधीहरु आएर अहिले काम भइरहेको अबस्था छ । गाउँ÷ नगरपालिकाको प्रमुख, उप्रमुखको टिमले बिबेक प्रयोग गरेर आफ्नो गाउँ÷नगरपालिकाको भाग्य र भविष्य बनाउनेछन् अनि सिँहदरबार गाउँमै आउने छ भन्ने जनताको आशा अझै पुरै रुपमा पुरा हुन सकेको छैन ।
त्यसलाई नयाँ वर्षसँगै जनप्रतिनिधीहरुले मनन गरेर अघि बढ्नु पर्ने हुन्छ । स्थानीय तहमा भएका विकासका विभिन्न बाधाअड्चनहरुलाई नयाँ बर्षसँगै पन्छ्याएर नयाँ नेपाल सिर्जना गर्न टेवा देओस् । आम नेपालीले अबका दिनमा सिँहदरबारमा पाउने अधिकार गाउँमै पाउन्, सिँह दरबारमा पाउने सेवा र सुबिधा गाउपालिकाबाट पाउन् । विवाद, वितण्डा, नाकाबन्दी, मारकाट नहोओस् । शान्तिपूर्वक दुखसुख गरेर आनन्दले जीवन निर्बाह गर्न पाउन् भन्ने शुभकामना ।

प्रतिक्रिया दिनुहोस्