| सोमवार, भदौ २४, २०८१

राज्यको सम्पत्तिको दुरुपयोग नगर

गोरखा नगरपालिका ३ का वडा अध्यक्ष रामबहादुर बोगटीले सरकारी मोटरसाईकल दुरुपयोग गर्ने गरेको पाइयो । उनले आफुले नचलाई कार्यालयको प्रयोजनबाहेक ब्यक्तिगत कामकाजका लागि आफ्ना छोरालाई मोटरसाईकल चलाउन दिने गरेका रहेछन् । राज्यले वडाको काम छिटो छरितो गर्न भन्दै वडा अध्यक्षलाई दिएको मोटरसाईकल मामाको धन फुपुको सरात भनेजस्तो पार्न कसैले पनि हुँदैन ।
नगरप्रमुखले वडा अध्यक्षको यसखाले नकारत्मक क्रियाकलापलाई रोक्न ढिला गर्न पनि हुँदैन । यसखाले क्रियाकलापले जनप्रतिनिधी प्रति जनताको हेर्ने दृष्टिकोण पनि बेग्लै हुन सक्छ । राज्यको एक एक सम्पत्ति सदुपयोग गरी स्थानीय तहमा परिचालन गर्ने ठाउँमा रहेका वडा अध्यक्ष बोगटी आफैँले मोटरसाईकल सिक्न, आफन्त ओसारपोसार गर्न प्रयोग गर्न थालेपछि कस्तो सन्देश जाला ? स्वयम बोगटीले पनि सोच्नुपर्ने बेला भएको छ । बोगटी यस घटनाका पात्र मात्रै हुन् । यसखाले क्रियाकलाप अन्य ठाउँका वडा अध्यक्षहरुले पनि गरिरहेको देखिन्छन् ।
निति बनाउने र कार्यान्वयन पनि आफैँले गराउने ठाउँमा रहेका जनप्रतिनिधीहरुले यति सानो कुरालाई ख्यान नगर्दा ठुलो समस्या समेत सामाजिक रुपमा पैदा हुन सक्दछ । पदिय मर्यादामा समेत रहेका अध्यक्षले अरुलाई राम्रो कामको उदाहरण बन्ने प्रयास नगरे जनताले विरोधको काम समेत गर्न बेर मान्दैनन र विरोध गर्नुपनि पर्दछ । त्यसैले बेलैमा राज्यको सम्पत्तिको मायाँ गरौँ, अनाबश्यक प्रयोग नगरौँ र जस्ले प्रयोग गर्ने हो उसले मात्रै प्रयोग गर्ने गरौँ ।

प्रतिक्रिया दिनुहोस्