गाउँपालिकाको विकास प्रगती ?
गोरखाका गाउँपालिकाका कार्यकारी तथा प्रमुखहरुले दिएको जानकारी अनुसार विकास खर्च ज्यादै न्यून छ । बजेट धेरै र कार्ययोजना सडक बाहेक अन्यलाई विकास नठान्दा यस्तो समस्या भएको हो । स्थानीय तहमा हुने विकासे योजनाहरुको उपभोक्ता समिति गठन गरेर कामको लागि सम्झौता गरिएको भनिएपनि एकाद काम बाहेक सबैको अबस्था प्रगती भएको भन्न मिल्ने अबस्था छैन ।
पहिले जिल्ला विकास समितिको कार्यालयबाट गाविसमा जाने लाखौँ रकम योजना बनाएर खर्च गर्न नसकेर फिर्ता जाने गरेको उदाहरण हामीले देखे भोगेकै हो । अहिले एकै गाउँपालिकामा २० करोड भन्दा धेरै रकम आएको छ । जनप्रतिनिधी नयाँ छन् उनीहरुले योजनाको विषयमा सबै ज्ञान हाँसिल गर्नै सकेको देखिन्न । कर्मचारीहरु जनप्रतिनिधी आए काम हलुंगो भएको भन्दै पन्छिएको देखिन्छ । कतिपय सिरान्चोक, धार्चे, चुमनुब्री, अजिरकोट लगायतका गाउँपालिकाहरुमा सम्बन्धीत कार्यालयबाट जानुपर्ने कर्मचारीहरु अझै गाउँपालिकामा नपुगेकाले उनीहरुसँग सम्बन्धीत कार्यक्रमहरु अघि बढ्न सकेका छैनन् ।
बर्खायाम लाग्नै लाग्यो अब सडक खन्नेकाम गरेर रकम मात्र सक्ने काम मात्र गर्न भएन । जनप्रतिनिधी आइसकेपछि त जनताले विकासको पनि छुट्टै अनुभूती गर्न पाउनुप¥यो नी । होइन भने त के फाईदा भयो र देशलाई जनतालाई । समयमै योजनाको थालनी गरौँ । काम सम्पन्न गरौँ । अनि मात्रै जनताले विकासको स्वास फेर्नेछन् ।