| शनिबार, बैशाख ८, २०८१

के हो एम्बुलेन्सको मापदण्ड ?

जिल्ला जनस्वास्थ्य कार्यालयले मापदण्ड विना सञ्चालनमा रहेका गोरखाका विभिन्न आठ वटा उम्बुलेसन्लाई कारबाहीको दायरामा ल्याएको छ । एम्बुलेन्समा हुनुपर्ने सामान्इ भन्दा सामान्य मापदण्ड पनि नभएकोले उनीहरुलाई नियन्त्रणमा लिएर मापदण्ड पुरा गर्न लगाइएको बताइएको छ ।
गोरखामा आठ ओवा एम्बुलेन्स मात्रै होलान् त मापदण्ड पुरा नगर्ने ? पक्कै पनि होइनन् । एम्बुलेन्समा अक्सिजन नभएको, एम्बुलेन्स चालकले फोन नउठाउने, फोन उठाइहाले म बाहिर छु भन्ने । यस्ता समस्या त अझै उस्तै छन् । एम्बुलेन्स भन्ने वित्तिकै त्यहाँ विरामी मान्छे हुन्छ । हाम्रो गोरखामा रहेका एम्बुलेन्सले त केही ठिक हुन लागेका विरामीलाई झन विरामी बनाउने अबस्था छ । एम्बुलेन्सले वरिपरिको वातावरण नै दुर्गन्ध फैलाउने हिसाबले धुवाँ फाल्ने, चर्काे आवाज निकाल्ने, फोहोर हुने यस्तै हुँदापनि गोरखामा एम्बुलेन्स सञ्चालन भइरहेको छ ।
अर्काे कुरा एम्बुलेन्सलाई सेवा प्रदान गर्ने भन्दा पनि नाफा कमाउने भाँडो बनाइएको छ । कोही विरामी चितवन लिएर जानुपर्नेछ भने कति दिनुहुन्छ भनेर बार्गेनिङ सुरुहुने यति दिए जान्छु नत्र जान्न भन्ने भनाईले विरामी र विरामीका आफन्तहरु आजित भएका छन् ।
गोरखामा भन्ने वित्तिकै एम्बुलेन्स पाउन ज्यादै मुस्कील पनि छ । एम्बुलेन्सलाई नियन्त्रण गर्ने सरोकारवाला निकायले यस्ता विभिन्न समस्याहरु समाधान गर्न बेलैमा सोच्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्