प्रहरीको मनोबल गिराउने काम नगर
सिरान्चोक गाउँपालिका स्थित चोरकाटेमा गत चैत २२ गते राती ११ बजे स्थानीय दुई उश्रृंखल यूवाहरुले प्रहरी माथी हातपात गरेछन् । सोही कारण उनीहरु १७ दिन देखि जिल्ला प्रहरी कार्यालयको थुना कक्षमा छन् ।
समाजमा शान्ति सुरक्षा कायम गराउन बसेको प्रहरीलाई स्थानीय यूवाहरुले आफ्नो ग्रिल उद्योगमा घटना घट्यो भन्दै बोलाएर उल्टै हातपात गर्नु ज्याजतीपूर्ण घटना हो ।
यसले समाजमा केही गर्न भनि बसेका प्रहरीको मनोबल गिर्न सक्छ । यहि कारणले समाजमा भएका अन्य विभिन्न घटनाका दोषीहरु उम्कीन सक्छन् । उनीहरुले मापसे गरेर प्रहरीलाई हातपात गरेको समेत खुलिसकेको छ । पक्राउ परेका सुजन सुनार र सुरेश बानियाँलाई छुटाउन विभिन्न नेताहरुले समेत दबाब दिइरहेको विभिन्न स्रोतले प्रमाणित गरिसकेका छन् । राजनितिक दलका लगौँटी ओडेका समाजमा नकरात्मक क्रियाकलाप गर्ने ति यूवाहरुलाई छोडेर सम्बन्धीत राजनितिक दलका नेताले आफ्नो स्वार्थ त पुरा होला तर, सामाजिक स्वार्थ भने पुरा हुने देखिँदैन ।
जिल्लाका अन्य क्षेत्रमा पनि यस प्रकारका घटना घट्ने गरेकै छन् । यसलाई राजनितिक मुद्धा बनाएर ढाक छोप होइन की समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्नु बुद्धिमानी हुनेछ ।