समताले अनुमति लिनु नपर्ने हो र ?
समता फाउण्डेशनले गोरखामा सञ्चालन गरेको समता स्कूलमा जिल्ला शिक्षा कार्यालयको अनुमति विनै कक्षा नौ सञ्चालन भएको पाईयो । अनुमति विनै कक्षा सञ्चालन भएको र नौ कक्षा त्यहीँ पढेर उत्तिर्ण भई कक्षा १० मा गएका विद्यार्थीहरुले अहिले त्यसको मार खेपेका छन् । कक्षा नौ पास हुनेले न अहिले सर्टिफिकेट पाए, न त्यही विद्यालयमा कक्षा १० पढ्न पाए । उनीहरु अन्यत्र विद्यालय जानलाई सर्टिफिकेट चाहिने भएकोले नजिकका सामुदायिक विद्यालयहरुले भर्ना लिन गाह्रो मानिरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
समताले जिल्ला शिक्षा कार्यालयमा पुष मसान्त भित्रै अनुमतिकालागि निबेदन तथा आवश्यक कागजात बुझाएको बताएपनि जिल्ला शिक्षा कार्यालयले स्वीकृती नपाएको मात्रै बताइरहेको छ । यसरी प्रक्रिया अनुसार नै समता शिक्षा कार्यालयमा गएको हो भने स्वीकृती दिनु पथ्र्याे । होइन भने कसैले विद्यार्थीको शैक्षिक जीवनमा खेलवाड गर्न पाउँदैन ।
जिल्ला शिक्षा कार्यालयले, स्रोत ब्यक्तिले, विद्यालय निरिक्षकले गोरखा सदरमुकाममै यसरी अनुमति विनै कक्षा सञ्चालन गरेको कुरा किन थाहा पाउँदैन । कि उसले छुपाउन खोजेको हुनुपर्छ । तत्कालै यस विषयमा जिल्ला शिक्षा कार्यालय, गोरखा नगरपालिकाले छानविन गर्नुपर्छ ।