| शनिबार, बैशाख ८, २०८१

तामाखानीको कुरा सबैले उठाउ

गोरखा क्षेत्र नम्बर २ को ख प्रदेशबाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले शुक्रबा प्रदेश ४ को सांसद बैठकमा जिल्लाको पाँचखुवा देउरालीमा रहेको तामाखानी उत्खनन् गर्न प्रस्ताव पेश गरे । उनले गत विहिबार अर्थमन्त्रीले पेश गरेको आर्थिक विधेयकमाथी टिप्पणी गर्नेक्रममा दवाडीले मुस्ताङको यूरेनियम खानी मात्रै होइन गोरखाको तामाखानी उत्खनन्को लागि तुरुन्त बजेट विनियोजन गरी काम थाल्नुपर्ने बताएका थिए ।
अहिले गोरखाबाट प्रदेश ४ मा चार जना सांसद छन् । दुई जना त मन्त्री नै छन् । उनीहरुले दवाडीको प्रस्तावलाई मनन् गरेर सरकार समक्ष कार्यक्रम पेशगरी स्वीकृती गराउन महत्वपूर्ण भूमिका रहन्छ । भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत गोरखाकै भएको कारणले पनि उनले यसलार्य विशेष रुपमा हेर्नुपर्ने हुन्छ ।
अहिले खानीबाट रातो पानी बगेर त्यसै खेर गइरहेको थियो । केही समय अघि स्थानीयहरुले काँचो तामा उत्खनन गरेर प्रयोग समेत गर्ने गरेका थिए । अब गाउँपालिकाले पनि यसलाइए आफ्नो प्राथमिकतामा राख्नुपर्छ । प्रदेश सरकार, केन्द्रीय सरकार र स्थानीय सरकार सबैको आपसी समझदारीले यसको सञ्चालन गर्न जरुरी छ । यसले गोरखाको मात्रै होईन समग्र प्रदेश ४ र देशकै अर्थतन्त्रमा ठुलो अर्थ समेत राख्दछ ।

प्रतिक्रिया दिनुहोस्