| बिहिबार, अशोज १५, २०७७

editorial

ज्येष्ठ नागरिकको बजेट सदुपयोग होओस्

मङ्गलबार गोरखा नगरपालिकाको वडा नं. ५ ले ज्येष्ठ नागरिक अभिनन्दन कार्यक्रमको आयोजना ग¥यो । दुईसय जना ज्येष्ठ नागरिक सम्मान गर्ने प्रक्षेपण गरिए पनि करिब एकसय ५० जना ज्येष्ठ नागरिक उपस्थित थिए । उनीहरुलाई दोसल्ला ओढाएर र मिठा परिकार खुवाएर सम्मान गरिएको थियो ।
यी ज्येष्ठ नागरिकले ज्यानमा तागत हुञ्जेल स्वदेशमा रगत पसिना बगाए । अहिले नमनाडी गल्यो, अरुका लागि त परको कुरा, आफ्नै लागि काम गर्न नसक्ने भए । सन्तान वा अरुमा आश्रित भएर बाच्नु परेपछिको पीडा भुलाउन वडा कार्यालयले केही हदसम्म प्रयास ग¥यो । यो स¥हाननीय काम हो । तर यो पर्याप्त भने होइन ।
बुढेसकालमा बिभिन्न, तन्तु, अंग कमजोर, असक्त हुदै गएको हुन्छ । बिभिन्न खालका रोगले आक्रमण गरिरहेको वा गर्ने तयारी गरिरहेको हुन्छ । त्यसैले बेला बेला शिविर गराएर उनीहरुको स्वास्थ्य परीक्षण पनि गराउनु पर्छ । ज्येष्ठ नागरिक शीर्षकको बजेट यस्ता काममा खर्च गर्दा अझै राम्रो हुन्छ ।जो हिडडुल गर्न सक्दैनन, सवारी साधनमा राखेर यताउता गराउन पनि जोखिम छ, उनीहरुका लागि त सुहाउँदैन । अरु ज्येष्ठ नागरिकलाई बेलाबेला सुहाउँदो धार्मिक, पर्यटकीय स्थलको भ्रमण गराउनु पनि वाञ्छनीय नै हुन्छ ।
ठाउँठाउँमा विश्रामस्थल बनाउनु, ज्येष्ठ नागरिकको भेटघाटको संगमस्थल पाटीपौवा बनाएर पनि उनीहरुको शीर्षकको बजेट खर्च गर्न सकिन्छ ।
कतिपय स्थानीय तहले ज्येष्ठ नागरिकलगायत लक्षित बर्गको बजेटलाई रकमान्तर गरेर दुरुपयोग गरिरहेको पनि पाइने गरेको छ । यस्तो गर्नु अवाञ्छनीय हो । राज्यले जुन शीर्षकमा जति बजेट खर्च गर्नुपर्छ भनेर ठम्याएको छ, त्यो त्यही शीर्षकमा नै खर्च गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्