| सोमवार, भदौ २४, २०८१

निर्माण व्यबसायको सिण्डिकेट पनि अन्त्य गर्नुपर्छ

सिण्डिकेटका बिभिन्न रुपहरु हुन्छन् । सेवालाई व्यबस्थित बनाउने भन्दै समिति बन्ने, समितिले माताहतका व्यबसायीलाई प्रतिष्पर्धा गर्न नदिई आलोपालो गर्नु एक खालको सिण्डिकेट हो । सिण्डिकेटले सेवामा गुणस्तरीयता भन्दा पनि आलोपालो सिस्टममा राखेर सबै व्यासायीलाई काम दिने स्वार्थ पूर्ति गर्छ तर कामको गुणस्तरीयताको अबसर दिदैन ।
सिण्डिकेटले प्रतिष्पर्धाबाट बञ्चित मात्र गर्दैन, नयाँ ब्यबसायीलाई सेवा क्षेत्रमा प्रवेश गर्न निषेध गर्छ । जसले गर्दा गुणस्तरीय सेवा दिने क्षमता भएकालाई अबसरबाट बञ्चित गराउँछ ।
सिण्डिकेटको अर्को रुप ठेक्कापट्टामा पनि छ । निर्माण व्यबसायी संघले व्यवसायीको सीप, ज्ञान, कार्यदक्षता, कार्यक्षमता वृद्धि गर्नुपर्ने, व्यबसायीको हक हितका लागि आवाज उठाउनु पर्नेमा कार्यालयमा बसेर ठेक्काको आलोपालो गर्छ ।
जसले गर्दा घटाघटमा गुणस्तरीय काम गराउने ठेक्काको मर्म र भावना बिपरीत अरुलाई छेकथुन गरी ठेकेदारालाई आलोपालो गराउँछ ।
यसमा न घटाघट, न गुणस्तरीयताको सवाल हुन्छ ।
मुलुकमा अहिले यातायात क्षेत्रको सिण्डिकेटको मात्र चर्चा चलेको छ । यस्तै सिण्डिकेट व्यप्त निर्माण व्यबसाय क्षेत्रमा कसैको ध्यान पुगेको देखिदैन । त्यसैले अब यता पनि ध्यान दिनुपर्छ । सिण्डकेट व्यप्त रहेको निर्माण व्यवसाय क्षेत्रमा झन धेरै गुण्डागर्दी मौलाएको छ । त्यसैले सरकार, प्रहरी प्रशासन, आम नागरिक समाजको ध्यान अब सिण्डिकेटको नयाँ रुपतिर पनि जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्