| बिहिबार, मंसिर ११, २०७७

editorial

चाडबाडका गतिविधिमा कोरोनाबाट बचौँ

दशैं, तिहार, छठ, नेपाल सम्बत जस्ता चाडबाड नजिकिदै छन् । त्यसैले यतिबेला बजारमा ग्राहकको अत्याधिक भिडभाड छ ।
बजारमा मात्र होइन, कार्यालयहरुमा पनि सेवाग्राहीहरुको अत्याधिक भिडभाड छ ।


सिधासाधा रुपमा भिडभाड हेर्दा यस्तो लाग्छ, कोरोना महामारी छैन । के साँच्चै कोरोना महामारी नभएको हो त ?
कोरोना महामारी अत्याधिक द्रुत गतिमा फैलिरहेको छ । नेपाल जस्तो सानो देशमा पनि यसबाट लाखौँ संक्रमित भइसके । सयौंको मृत्यू भइसक्यो ।

त्यसैले यसबाट धेरैभन्दा धेरै सजग र सचेत हुनुपर्छ ।
तर सचेत हुनुपर्छ भनिरहँदा भन्ने र सुन्नेमा मात्र सीमित भएको छ । भन्ने भन्दै गर्छन्, सुन्ने सुन्दै गर्छन् भने झै भएको छ । काग कराउँदै गर्छ, पिना सुक्दैगर्छ भने झैँ ।
कोरोना प्राणघातक रोग हो । यसको उपचार अहिलेसम्म पत्ता नलागेकाले यसले आक्रमण गरेपछि बाँच्न मुस्किल छ । त्यसो त बाँच्नेको दर धेरै छ ।

किनभने लक्षणयुक्त कोरोनाले कमैलाई भेटेको छ । रोग खोजेर मात्र पत्ता लागेकाहरु बचेका पनि छन् । तर रोगले धडेपछि मृत्यूको मुखमा पुग्ने चान्स धेरै छ ।
यसको अहिलेसम्म खोप पनि पत्ता नलागेकाले यो रोग लाग्नबाट बच्नु नै सबैभन्दा उत्तम उपचार हो । भन्न त रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिन श्रेयस्कर हुन्छ भनिन्छ ।

तर ज्ञानगुनका कुरा हामी सबैले अरुलाई सिकाउन मात्र जान्दछौं । आफैले कार्यान्वयन गर्न जान्दैनौं ।
यसबाट बच्ने सबैभन्दा सजिलो तरिका भनेको नै दुरी कायम गर्नु हो । मास्क लगाउनु हो । त्यसैले यो बेला जरुरी काम परेमा मात्र घर बाहिर निस्कने, बाहिर निस्कँदा सावधानी अपनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्