| बिहिबार, माघ १५, २०७७

editorial

मध्यपहाडी लोकमार्गको काम खरायो गतिमा होओस्

मध्यपहाडी लोकमार्गको आरुघाटदेखि चेपेघाटसम्मको ६३ किलोमिटर खण्ड गोरखामा पर्छ ।

सो लोकमार्गको गोरखा खण्डमा काम सुरु भएको छ बर्षमा ३० प्रतिशत मात्र प्रगति भएको छ । यो गतिमा काम हुँदा मध्यपहाडी लोकमार्ग पुरा हुन अझै वर्षौँ लाग्छ । कतिपय खण्डमा केही काम भएका छन् भने अधिकांशमा काम नै भएको छैन ।


आर्थिक बर्ष २०७१/०७२ सालदेखि गोरखामा मध्यपहाडी लोकमार्ग आयोजना आरम्भ भएको थियो । पाँच वटा खण्ड बनाएर काम सञ्चालन गरिएको यहाँ पाँच किलोमिटरको एउटा खण्डको काम सतप्रतिशत प्रगति भएको छ भने दुईवटा खण्डको काम कहिले सुरु हुन्छ भन्ने यकिन छैन ।


गोरखामा पर्ने खण्डमा कतिपय सडक भने अन्य कार्यालयहरुले ठेक्का लगाईसकेका भागमा पनि पर्छन । बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्र, एघार किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना, गोरखा आरुघाट खण्ड लगायत सडकले मध्यपहाडी सडकलाई छुन्छ ।


मध्यपहाडी छुट्टै आयोजना भएपछि आफ्नो मातहतमा परेको सडकको उक्त खण्ड संम्बन्धित कार्यालयले छाडेका छन् । मध्यपहाडी बाहेकका योजनामा मात्रै काम भएको छ ।


आयोजना कार्यालयले पनि काम छाड्ने र मध्यपहाडी आयोजनाले पनि सयममै सडक स्तरोन्नती नगर्ने अवस्था सिर्जना भएको छ । यसो हुनु हुँदैन ।

मध्यपहाडी लोकमार्गको रुपमा रहेका सडक खण्ड मात्रै स्तरोन्नती छिटो हुने र अन्यत्र सडक स्तरीय नहुने हो भने बनेको सडकको दिगोपन नहुन सक्छ । त्यसैले मध्यपहाडी खण्ड सँगै जोडिने शाखा सडकलाई पनि तत्काल स्तरोन्नती गर्नु जरुरी छ ।
अन्य जिल्लामा पर्ने खण्डमा सन्तोषजनक काम भएको छ । गोरखामा पनि खरायो गतिमा काम होओस् ।

प्रतिक्रिया दिनुहोस्