| शनिबार, बैशाख ८, २०८१

सडक आसपासको अतिक्रमण व्यवस्थित गर

जताततै सरकारी(सार्वजनिक) जग्गा हडप्नेहरुको बिगबिगी छ । प्राय सबै गाउँ, सहर, चहुर, भट्टी, विद्यालय, क्याम्पस, युनिभर्सिटी जताततै सरकारी, सार्वजनिक जग्गा हडपिएका छन् ।
कतै भूमिहिनहरुले कव्जा गरेका छन्, कतै भूमिपतिहरुले कव्जा गरेका छन् । गोरखा बजारका प्राय घरहरुले सडकको क्षेत्र हडपेका छन् । आँबुखैरेनी गोरखा सडकको आसपास रहेका सार्वजनिक जग्गा हडपिएका छन् । गोरखा अस्पतालको जग्गा आसपासका घरवालाहरुले कव्जा गरेका छन् । पालुङ्टारमा हवाइमैदानको जग्गा हडपिएको छ । मनास्लु क्षेत्र जाने, चुमभ्याली जाने पदमार्गका सरकारी, सार्वजनिक जग्गाहरु हडपिएका छन् ।


कहाँ मात्र सरकारी, सार्वजनिक जग्गा हडपिएका छैनन् ? कतै भूमिहिनहरुले कव्जा गरेका छन्, कतै भूमिपतिहरुले कब्जा गरेका छन् । सरकारले बेलाबेला भूमि व्यवस्थापन गर्ने बारे चर्चा गर्ने गर्छ । तर यो बेथिति व्यवस्थापन गर्न नसकेर यसअघि पनि पटक पटक काम स्थगित भएको थियो । अहिले फेरि व्यवस्थापन गर्ने भनेर प्रक्रिया अघि बढाएको छ । सम्भव हुन्छ वा हुन्न, समयले देखाउला ।


भूमिहिनले ओगटेको सार्वजनिक जग्गा उनीहरुको नाममा दर्ता गरेर लालपूर्जा दिँदा, भूमिपतिले दसकौँदेखि वा सयौँ बर्षदेखि भोग चलन गर्दै आएका जग्गा पनि दर्ता गरिदिनु पर्ने बाध्यता हुनसक्छ । अथवा जग्गा दर्ता गर्ने संयन्त्रले हार्नै नसक्नेले पनि सार्वजनिक जग्गा बर्षौँदेखि ओगटेर बसेको अबस्था हुनसक्छ । वा विभिन्न प्रलोभनमा पार्न सक्ने हुनसक्छ वा लहरो तान्दा पहरो घर्कने हुनसक्छ ।


यी विवाद एकातिर छन् । अहिले गोरखा बजारदेखि आँबुखैरेनीसम्मको सडक क्षेत्र अतिक्रमण गरी घर, टहरो बनाई पसल चलाउनेको संख्या पनि धेरै छन् । यिनको उचित व्यवस्थापन हुनु पहिलो दायित्व छ । यसलाई समयमै व्यवस्थित गरिएन भने कुनै पनि ठाउँमा जग्गा खालि रहने छैन ।

प्रतिक्रिया दिनुहोस्