| बुधबार, फाल्गुन १९, २०७७

editorial

प्रथम शहिदको स्मृति दिवसलाई राष्ट्रिय मान्यताको खाँचो


लामो समयको माग, आन्दोलन र लबिङपछि २०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शहीद लखन थापालाई नेपालका प्रथम शहीदको राष्ट्रिय मान्यता प्रदान गरे ।
चार शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दले शहादत प्राप्त गरेको दिन १९९७ माघ १६ लाई सरकारले सप्ताहव्यापी कार्यक्रम गरेर शहीद दिवस मनाउँछ । तर सो समयभन्दा ६४ बर्षअघि नै देशका लागि फाँसीको माला पहिरेका प्रथम शहीद लखन थापा, जयसिँह चुमीलगायतका शहीदहरुले शहादत पाएको दिनलाई सरकारले वास्ता गरेको पाइँदैन ।


प्रथम शहीदको मान्यता दिएपछि सरकार अब औपचारिकता पूरा भयो भनेर चुपचाप बस्नु मिल्दैन । किनभने एउटै घोषणाले प्रथम शहीदलाई दिने राष्टिूय सम्मान पुग्दैन । अझै भन्नुपर्दा देश र जनताको मुक्तिका लागि शहादत पाउनेलाई शहीद घोषणा गर्नु कसैको निगाहले हुने होइन, स्वतःस्फूर्त हुनुपर्छ । प्रथम शहीद घोषणाले उनको सम्मान पुग्दैन, अब उनको शहादत प्राप्त दिवशलाई राष्ट्रिय रुपमा मनाउनु पर्छ ।


शहीद लखन गाउँपालिकाले बिगत तीनबर्षदेखि लखनथापा स्मृति दिवस मनाउन सुरु गरेको छ । स्थानीय सरकारले गरेको यस कार्यलाई प्रसंसा गर्दै अब यसको दायरा प्रदेश तथा केन्द्र सरकारसम्म पु¥याउनु पर्छ ।
बाबुराम भट्टराई गोरखाकै हुन्, लखन थापाको बारेमा उनी राम्रै जानकार छन् । बिगत बर्षमा शीर्ष नेता प्रचण्ड सो स्मृति दिवस मनाउन आएका थिए । स्थानीयबासीको मागको बारेमा त्यो स्तरका नेताहरु पनि जानकार छ । काङ्ग्रेसबाट प्रधानमन्त्री बनेका सुशील कोइरालाले प्रथम शहीद घोषणा नै गरिसकेपछि घनिभूत ढंगले लागि परेमा यस दिवसलाई राष्ट्रिय स्तरको मान्यता दिन सम्भव पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्