| शनिबार, बैशाख ८, २०८१

प्रशासकहरुको चाँडो-चाँडो सरुवा दुश्प्रभावी

सँधै उस्तै समस्या दोहोरिएपछि गोरखाको सामागाउँ, छेकम्पारका बासिन्दाले पिर पोखे, ‘जिल्लाका सिडियो, एसपी बल्लतल्ल गाउँमा आइपुग्नुहुन्छ । हामीले सकेजतिको स्वागत, सम्मान गर्छौँ । हाम्रो ठाउँको सबै समस्या बेलिबिस्तार लगाउँछौं । विभिन्न माग राख्छौँ । अनि उहाँहरु फर्केर सदरमुकाम जानुहुन्छ । अनि सरुवा हुनुहुन्छ ।’ यही क्रम, उपक्रम दोहारिरहँदा आफ्नो ठाउँको समस्या ज्यँुकात्यूँ रहेको उनीहरु गुनासो गर्छन् ।


सिडियो, एसपीको चाँडो(चाँडो सरुवा हुँदा दुर्गममा मात्र होइन, सुगममा पनि समस्या पर्छ ।
उनीहरुको बल्लतल्ल व्यक्ति र स्थान परिचयको दायरा बढिरहेको हुन्छ । अनि विस्तारै प्रभावकारी कामको कदम चाल्न थाल्दा चार, पाँछ, छ महिना भएपछि फ्याट्ट सरुवा भइदिन्छन् ।
बिगत लामो समयदेखि गोरखामा सिडियोको सरुवा अभिलेख हेर्ने हो भने अधिकत्तम छ, सात महिनामात्रै गोरखामा टिकेको देखिन्छ । कसैलाई विवादित काम गरेको आरोपमा, कसैलाई राजनीतिक ‘इन्टूेस्ट’ नमिलेको ठानेर, कसैलाई ठूलो नेताको चाकडी नगरेको आरोपमा सिडियो सरुवा गरिरहेका हुन्छन् ।


असाध्यै विवादित बनेबाहेक एउटा प्रशासक एउटा जिल्लामा दुई बर्ष बसेमा ठाउँ, व्यक्तिसँग चिनजान हुन्छ । बस्तुगत यथार्थता, भौगोलिक यथार्थ बुझेर निणर्य गर्ने अवसर पाउँछन्, जसले कामलाई प्रभावकारी बनाउँछ । तर ठूला नेता, मन्त्रीहरुको संकीणर्ताका कारण सिडियो, एसपीको चाँडो(चाँडो सरुवा गरिरहन्छन् । फलानाले सरुवा गर्दिएको भन्दै रवाफ बढाउने तप्का पनि धेरै छन् ।


कसैको लहडबाजीका लागि, रवाफका लागि जिल्लाका प्रशासकहरुको सरुवा गरिरहनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्