| शनिबार, बैशाख ८, २०८१

अपाङ्गता भएकालाई घरैमा नागरिकता प्रशंसनीय


अपाङ्गता भएकै कारण नेपाली नागरिकताको प्रमाण पत्र पाउनबाट बञ्चित भएकालाई अहिले जिल्ला प्रशासन कार्यालय गोरखाले घरैमा पुगेर नागरिकता दिएको छ । गोरखा नगरपालिका ४ कि २१ वर्षिया हरिमाया थापा र गोनपा १३ कि ४३ वर्षिय निर्मला खनाललाई प्रशासनको टोलीले दुई साताको बिचमा घरैमा गएर नागरिकता दिईसक्यो । यदी प्रशासनको टोली घरमा पुगेर नागरिकता नदिएको भए यी दुबै जना कार्यालय सम्म आएर नागरिकता लिने अवस्था थिएन ।
ओच्छ्यानमा थला परेकै कारण १६ वर्षमा पाउने नागरिकता नपाउँदा कतिपयले अपाङ्गता भए बापत राज्यबाट पाउने सेवा सुविधा समेत पाएका छैनन् । जिल्ला प्रशासन कार्यालयबाट नजिक रहेका नगरपालिका भित्रकै वडामा त यो समस्या छ भने जिल्लाको दुर्गम गाउँमा अपाङ्गता भए बापत नागरिकता नपाउनेहरु अझै धेरै हुन सक्छन् । नागरिकता नभएरै उनीहरुको सेवा सुविधा रोकिएको हुन सक्छ । अहिले त स्थानीय सरकार छ । टोलटोलमा जनप्रतिनिधी भेटिन्छन् । अपाङ्गता भएकालाई राज्यबाट पाउने सेवा सुविधा सहज रुपमा पु¥याउनु उनीहरुको दायित्व पनि हो ।
प्रशासन कार्यालयले प्रतिकात्मक रुपमा सुरु गरेको यो अभियानबाट सबैले एकैपटक सेवा पाउन नसके पनि कहिल्यै प्रशासन आउन नसक्नेलाई ठुलो राहत मिलेको छ । कतिपय कार्यक्रम भने नयाँ प्रमुख जिल्ला आएपछि सुरु हुने र फेरिएपछि रोकिने गरेको पाईन्छ । यस्ता जनमुखी कामलाई सबै प्रजिअले निरन्तरता दिनु आवश्यक छ । गोरखा प्रशासनको यो अभियान प्रशंसनीय छ ।

प्रतिक्रिया दिनुहोस्