| आइतवार, बैशाख २६, २०७८

रक्षकबाट भक्षक हुनु नपरोस्

आफ्ना विद्यार्थीलाई पढाउने क्रममा पटक–पटक यौन दुब्र्यवाहार गर्ने शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो । उनी बिरुद्ध बाल यौन दुरुपयोग अभियोगमा मुद्धा दर्ता भई कारवाही अघि बढेको छ ।

यो घटनाले हरेक अविभाबकको मनमा चिसो पसेको छ । विद्यालय तहदेखि राम्रो शिक्षादिक्षा दिएर छोराछोरीलाई ठुलो मानिस बनाउन अविभाबकले दुःखले पढाएका हुन्छन् । बिहान बेलुकी अविभाबकको रेखदेखमा रहेको विद्यार्थी दिनभरी विद्यालयमा शिक्षकको निग्रानीमा हुन्छन् । शिक्षकले राम्रो सँग पढाउने, गलत काम गर्न नदिने, पढाई प्रति प्रेरित गराउने गर्छन भन्ने अविभाबकलाई विश्वास हुन्छ ।

जो बाट आफ्नो सन्तानले राम्रो शिक्षा पाउन भन्ने चाहना अविभाबकको हुन्छ त्यही शिक्षकबाट यौन हिंसा भयो भने अविभाबकको आत्माले के सोच्छ होला ।
विद्यालय पढ्न पठाएको छोरी शिक्षकबाट बारम्बार यौन दुब्र्यवाहारको शिकार हुन्छिन् र आफ्नो पिडा बताउन सक्दिनन् । बारम्बार यस्तो पिडा भोग्दा बालिकाले मानसिक तनाब कति खेप्नुप¥यो होला । त्यस्ता शिक्षकले दिएको ज्ञानबाट बालबालिकाले समाजप्रति, ज्ञान दिने शिक्षकप्रति कस्तो धारणा बनाउलान् ? गोरखाको एउटा विद्यालयमा एक जना शिक्षकले विद्यार्थी प्रति गरेको यौन दुब्र्यवाहारको हर्कतले सबै शिक्षकहरुलाई लज्जाबोध बनाएको छ । अविभाबकलाई चिन्ता थुपरिएको छ । पिडकलाई कानुनी कठघरामा उभ्याउन र पिडितलाई न्याय दिलाउने अभियान फितलो भयो भने यस्ता घटना हाम्रो समाजमा नदोहोरिएला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्