| शुक्रबार, साउन १५, २०७८

कोभिडको जोखिमबाट बच्दै विकास निर्माणको काम गर्दै


नेपालीले(विश्वकाले पनि) दुई चरणको कोभिड झेले । पहिलो चरणमा नयाँ थियो, के हो के हो, कस्तो हो कस्तो । त्यसैले धेरै डराए । बन्दाबन्दी भयो । विकास निर्माणको काम समेत केही अघि बढ्न सकेन ।


गतबर्षको अनुभवबाट केही हदसम्म अभ्यस्त भएको हुनाले यसपटक विकास निर्माणको काम रोकिएन । साना ठूला सबै खालका विकास निर्माणका काम भए । व्यक्तिका घर बन्ने काम पनि भए, ठूला आयोजना पनि चालु रहे । पसलहरु पनि दिनमा एकफेर(सुरुका दिनमा दुईफेर पनि) सञ्चालनमा रहे । निर्माण सामग्री ढुवानीको काम निर्वाध भइरह्यो ।
बिगतमा भन्दा फरक यसबर्ष व्यक्तिहरु स्वयं नै सचेत रहे । स्वतस्फूर्त घरभित्रै बसे(बिगतको तुलनामा) ।


यसले गर्दा व्यक्तिमा संत्रासको वातावरण बनेन ।
एकातिर रोग र मृत्यूको भयाबह प्रचार, अर्कातिर सरकारको कडा निषेधाज्ञा, लकडाउन, गाउँबस्ती प्रवेश गर्ने ठाउँमा भाँजो, प्रहरीले मान्छेलाई रिङभित्र कब्जा गर्ने, घेराभित्र राख्ने जस्ता अपूर्व दृष्य, सुनसान दृष्यले जनमानसलाई स्तब्ध र भयभित तुल्यायो । यस्ता गतिविधिले मान्छे निस्सासिने, अताल्लिने भए । व्यथाले जस्तै अत्यासले मृत्यूको मुखमा पुग्ने सम्भावना पनि बढिरह्यो । कतिपयको हृदयघातबाट मृत्यू भयो, कतिपयले आत्महत्या गरे ।
तर यसपटक गतबर्षको सिकाइले मान्छे घरघरमा रहे पनि काम निर्वाध अघि बढिरह्यो । वैँकहरु व्यवस्थित ढंगले सञ्चालित भए । कोरोनाले मान्छेले व्यापार, विजनेस गर्न पाएनन् । आर्थिक अबस्था जर्जर बन्यो, यो पीडा एकातिर छ, तर गतबर्ष जस्तो निस्सास्सिने वातावरण बनेन ।
विकास निर्माण सुचारु हुँदा दोहोरो फाइदा भयो, एकातिर विकास रोकिएन, अर्कातिर मजदुरको आयआर्जन हराएन । जसले गर्दा गतबर्षजस्तो राहत दिनु पर्ने अबस्था सिर्जना भएन । यो सकारात्मक अभ्यास हो ।

प्रतिक्रिया दिनुहोस्