| शनिबार, बैशाख ८, २०८१

बिपतपछिको विकास

२०७२ साल बैशाख १२ को भूकम्पपछि हजारौँको मृत्यू भयो, दर्जनौँ बेपत्ता भए । हजारौँ घाइते अनि बिस्थापित भए । कैयौँ घरबारबिहिन भए, कैयौँको पशुचौपाया मरे । खेतबारी पहिरोमा बग्यो । हजारौँ विद्यालय भत्किए । हजारौँको संख्यामा सरकारी कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, खानेपानी, सिँचाइका पूर्वाधार नष्ट भए ।
यी सब दुखद घटनाका उदाहरणहरु हुन् ।

तर विपतपछि आशा लाग्दा विकासका काम पनि भएका छन् । अहिले सबै लाभग्राहीले सरकारी तीनलाख अनुदानसहित आफ्नै लगानीमा नयाँ घर बनाएका छन् । नयाँ घर भूकम्प प्रतिरोधी छ जसलाई अब जाने सानातिना भूकम्पले बिगार गर्दैन । गाउँबस्ती, दुरदराजका रिसोर्ट जस्ता विद्यालयहरु बनेका छन्, सडक कालोपत्रे भएका छन्, स्तरोन्नति भएका छन् । स्वास्थ्यचौकी, सिचाइयोजनाहरु, सुविधासम्पन्न सरकारी कार्यालयहरु पनि पुनर्निर्माण भएका छन् । यी सबैलाई विपतपछिको विकासको रुपमा मान्न सकिन्छ ।


त्यस्तै अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालमा हजारौँको मृत्यू भएको छ । लाखौँ संक्रमित भएका छन् । पिडितहरुले भोगेको पीडा निक्कै दुखदायी र अमापनीय छ । त्यसलाई बर्णन गर्ने शव्द पनि छैन ।
जुनसुकै कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैँ कोरोनाले पनि केही विकास दिएको छ । जस्तो कि यतिबेला संकलन भएका स्वास्थ्य सामग्रीले स्वास्थ्यचौकीह सम्पन्न र सम्वृद्ध भएका छन् । कैयौँ स्वास्थ्यचौकीहरुमा ल्याब स्थापना भएका छन् ।

कैयौँ अस्पतालमा अक्सिजनसहितको बेड बनेका छन् । कैयौँ स्वास्थ्य संस्थामा अहिले अक्सिजन प्लाण्ट नै जडान भएको छ । यसलाई सुखद रुपमा पनि व्याख्या गर्नुपर्छ ।
त्यस्तै स्वस्थ रहने बानीको पनि विकास गरेको छ । यसलाई प्रसंसा गर्न कञ्जुस्याई गर्नुहुदैन ।

प्रतिक्रिया दिनुहोस्