| शनिबार, अशोज २, २०७८

जोखिम नभएको ठाँउमा विद्यालय खोल्नुपर्छ


गोरखाको धार्चे गाउँपालिकाले साउन १७ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । सबै विद्यालयलाई पत्राचार गर्दै गाउँपालिकाले विद्यार्थी(शिक्षकको भौतिक उपस्थिति गराएर पठन(पाठन सुचारु गराउन भनेको हो ।
धार्चे गाउँपालिका गोरखाको दुर्गम पालिका हो । यहाँ सडक सञ्जाल सहज छैन । विद्युत, पानी बिजुलीका पूर्वाधार पनि सबै ठाउँमा पुगेको छैन । गाउँपालिकाको सेवा बन्द भएपछि इन्टरनेटका लागि आरुघाट आएर गाउँपालिकाको काम गर्नुपर्ने बाध्यता थियो । त्यहाँ नेटको सहज सेवा छैन । भौतिक उपस्थिति बिना बैकल्पिक माध्यमबाट सिकाई सहजिकरण गर्ने अवस्था शहरका विद्यालयमा त कम प्रभावकारी छ भने दुर्गम भेगमा निस्प्रभावी छ ।
धार्चे गाउँपालिका मात्र होईन तिब्बतसँग सिमाना जोडिएको चमुनुब्री लगायत ग्रामीण भेगका पालिकामा यो समस्या छ । र ती पालिकामा अहिले कोरोनाको जोखिम कम छ । चुमनुब्रीमा त १८ वर्ष माथिका सबैलाई खोप लगाईसकिएको छ । त्यहाँ विद्यालय खोल्न समस्या छैन । बैकल्पिक माध्यामबाट पठन(पाठन संभव नहुँदा लामो समयदेखि दुर्गम भेगका बालवालिकाको सिक्ने क्रम रोकिएको छ । यसले विद्यार्थीको सिकाईमा दिर्घकालिन असर पर्न सक्छ । कोरोनाको त्रास कम भएको ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर शिक्षक संस्था सञ्चालन गर्न सकिन्छ ।
गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा कोरोनाको संक्रमण दर पनि सुन्य प्रायः छ । त्यसैले यी ठाउँमा जोखिमको अध्ययन गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दा सिकाई प्रभावकारी हुन सक्छ । सदरमुकाम र दुर्गमका विद्यालयमा एकै खाले सिकाई ‘मोडालिटी’ बनायौँ भने विद्यार्थी प्रति बिभेद हुन सक्छ । कोभिडबाट नाममा विद्यार्थीको अधिकार कुण्ठित नहोस् ।

प्रतिक्रिया दिनुहोस्