| बिहिबार, कार्तिक ४, २०७८

अस्पताललाई सुदृढ र सम्पन्न बनाऊ


गोरखा अस्पताल जिल्लाकै ठूलो अस्पताल हो । सदरमुकाममा रहेकाले यहाँ ११ वटै पालिकाका बिरामी उपचार सेवा लिन आउने गर्छन् । यस कारण यस अस्पताल आम जिल्लाबासीको आस्थाको केन्द्र हो ।
सबैको साझा सम्पदालाई प्रवद्र्धन गर्नु सबैका साझा दायित्व पनि हो । तर वर्तमानमा अरुको आलोचना मात्र गर्न जान्ने, आफ्नो कर्तव्य निर्वाह गर्न नजान्नेको संख्या अधिक छ । यिनै चरित्रका कारण हरेक काममा व्यवधान पनि छ ।
नागरिक र आफ्नो कर्तव्य निर्वाह गर्न नजान्ने, आलोचना मात्र गर्न जान्ने भइहाले, सरकारले पनि गोरखा अस्पताललाई उँभो लगाउनुपर्छ भन्ने उद्देश्य राखेर राम्रो नजरले हेरेको पाइँदैन । यसको प्रतिविम्ब सरकारले गठन गर्ने अस्पताल व्यवस्थापन समिति हो ।
आफ्नो ठाउँको अस्पताललाई सुदृढ गर्न समितिको हातमा धेरै अधिकार हुन्छ । क्षमतावान समिति भयो भने अस्पतालाई जुन गतिमा पनि हाँक्न सक्छ तर दशकौँदेखि सरकारले समितिलाई कार्यकर्ता भर्तीकेन्द्र भन्दा माथिल्लो स्तरमा राखेर हेरेको पाइएन ।
सरकारले समितिलाई त्यही तहमा राखेपछि समितिले पनि अस्पतालाई उँभो लगाउन भन्दा पनि कर्मचारी भर्ती केन्द्रको रुपमा भन्दा माथि राखेर हेरेन । त्यसैले अस्पतालले यो अबस्था गुजारिरहेको छ ।


अस्पताललाई नगरपालिका माताहत राखेर स्थानीय तहका जनप्रतिनिधिले हाँक्ने भयो भने सुधार हुन्थ्यो कि ? प्रयोग गर्दै आएको अभ्यासले काम नदिने भएपछि विभिन्न नयाँ विकल्प अपनाउनु पर्छ ।
सक्षम जनप्रतिनिधि भ एभने अस्पतालमाथि प्रत्यक्ष निगरानी हुनेछ, नियमित भएको, अनियमितता भएको बारे जनप्रतिनिधिले नजिकैबाट अवलोकन गर्नेछन् । अस्पतालमा पैदा हुने साना ठूला सबै खाले समस्या सीघ्र समाधान गर्न पनि सफल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्