| सोमवार, मंसिर १३, २०७८

editorial

जनगणना सकिनै लाग्यो, छुट्नु होला है !

गोरखामा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाभर ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
अहिले केही छुटपुट घरपरिवारको मात्र गणना हुन बाँकी छ । जनगणनाको काम अन्तिम चरणमा रहेकाले सुपरिवेक्षकले नियमित रुपमा गणकहरुसँग समन्वय गरिरहेका छन् । जनगणनामा खटिने गणकहरु नौ गते कामको व्यस्तताले छुटेका वा उपचारको क्रममा बाहिर गएकाहरु विवरण टिपोट गर्ने छन् । सोही दिन गणकले सुपरिवेक्षकलाई प्रतिवेदन बुझाउने छन् ।


गणकले भरेको फाइलको डाटाहरु रुजु गरेर अब ११ गते सुपरिवेक्षकले जनगणनाका लागि पालिकामा स्थापना गरिएको जनगणना कार्यालयमा प्रतिवेदन बुझाउनेछन् । सो कार्यालयबाट १५ गतेभित्र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण बुझाइसक्नुपर्नेछ । मङ्सीरको अन्तिममा कार्यालयबाट जिल्लाभरिको विवरण सहित विभागमा पठाइने छ ।
गोरखाको दुर्गम क्षेत्र चुमनुब्री गाउँपालिकामा जनगणनाको काम सकिएको छ । अन्य पालिकाहरुमा भने छुटपुटका लागि जनगणनाको काम जारी छ ।


जिल्लाका सबै पालिकामा जनगणना सम्पन्न हुन दुईदिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षण्क, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पन्न गर्न समेत उनले अनुरोध गरेका छन् ।
गोरखामा जनगणनाका लागि ९८ जना सुपरिवेक्षक र चारसय चार जना गणक खटिएका छन् । चैत्र मसान्तसम्म जिल्लाको प्रारम्भिक तथ्यांक आउने अपेक्षा गरिएको छ ।


प्रत्येक दस बर्षमा हुने जनगणना राष्ट्रिय पर्व हो । मुलुकको चौतर्फी विकासका लागि सहयोग पु¥याउने यो महाअधियान सम्पन्न गर्न सबैले सबै ठाउँबाट सहयोग गर्नुपर्छ ।
यतिबेला कोही छुट्नु हुदैन, कोही दोहोरिनु हुदैन । त्यसका लागि सबैले सही सत्य जानकारी गराउनु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्