| सोमवार, मंसिर १३, २०७८

क्लिन गोरखाको अभियान अल्पकालीन कि दीर्घकालीन ?

धेरै सुरुवात गन्तव्य नपुग्दै तुहिन्छ । त्यस्ता अभियानले मात्र गन्तव्य चुम्छ, जसको अभियन्तामा इच्छशक्ति प्रबल छ, अटल धैर्यता छ, दूरगामी सोच छ ।

गोरखा बजारमा हाल एउटा नयाँ कामको सुरुवात भएको छ । त्यसको परिणाम कुर्न केही महिना कुर्नु पर्नेछ ।

क्लिन गोरखा प्रालिको अभियानका कारण हाल गोरखा बजारको सरसफाइले नयाँ उचाइ पाएको छ । अहिले दैनिक आधा दर्जन महिला कामदार बजार क्षेत्रको सडकको सघन सरसफाइ गर्दैछन् । उनीहरुले चिम्टेहात लगाएर दुबो, मोथे लगायतका झार उखालिरहेको देखिन्छ । सडक छेउछाउको सबै फोहर कुचो लगाएर बढारिरहेको देखिन्छ ।

सघन सरसफाइ अभियानका लागि प्रालिले १२ जना कर्मचारी भर्ना गरिसकेको छ । फोहर संकलन गर्न, ढुवानी गर्न सवारी साधन थप गर्दैछ । ल्याण्डफिड साइट परिवर्तन गर्ने, गल्ने र नगल्ने फोहर छुट्याई गल्नेलाई मलको रुपमा र नगल्नेलाई पनि पुनप्र्रयोग गर्ने प्रालिको लक्ष्य छ ।

अहिलेको गति निकै कछुवा शैलिको छ । यसले कति लामो यात्रा तय गर्छ वा विश्राम लिन्छ भन्ने त हेर्न बाँकी नै छ । सानातिना स्वार्थमा अल्झिए अभियानको अल्आयू हुनेछ ।

गोरखा बजारको सरसफाइ अभियानका अभियन्ता परिपक्व, अनुभवी र सिर्जनशीलता, जिज्ञासु भएकाले यसको दीर्घायूमा कुनै शंका छैन । पाँच बर्षसम्म सरसफाइ अभियान सञ्चालन गर्ने बारे त सम्झौता भइसकेको अबस्था छ ।

अब भित्रि बजारको सरसफाइमा पनि ध्यान बिस्तार गर्नुपर्ने देखिन्छ । त्यस्तै रानीपोखरी लगायतका सार्वजनिक, धार्मिक स्थानहरुको सरसफाइमा पनि ध्यान पु¥याउनु पर्ने देखिन्छ । सार्वजनिक एवं धार्मिक स्थलहरुको सरसफाइ गरेबापत शुल्क दिने निकाय नभए पनि सामाजिक उत्तरदायित्व स्वरुप त्यस्ता ठाउँको सरसफाइमा कुनै कसर बाँकी राख्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्