
भारत चीनको सहयोगमा बन्ने भनिएका ११ विद्यालय पीडामा
भूकम्पले भत्किएका चारसय ४४ वटा विद्यालयमध्य अहिलेसम्म दुईसय पाँच भन्दा धेरै विद्यालय निर्माण सम्पन्न भइसके । धेरैको स्रोत सुनिश्चित भइसके । केहीको अझै स्रोत जुटिसकेको छैन ।
स्रोत सुनिश्चित भनिएका विद्यालय पनि कतिपयको अझै काम सुरु भएको छैन । उनीहरुभन्दा ढिला सम्झौता भएका विद्यालयहरु धमाधम बनिसके, तर भारत र चीन सरकारले सम्झौता गरेका विद्यालयको निर्माण कार्य अझै सुरु भएको छैन । नयाँ शैक्षिक सत्र अब बैशाखबाट सुरु हुदैछ, तर ती विद्यालय भवन बन्ने नबन्ने निश्चित छैन । उनीहरुको साँटो अरु कसैले जिम्मेवारी लिएको भए काम आधाभन्दा धेरै निर्माण सम्पन्न भइसक्ने थियो ।
किन बन्न ढिला भयो ? सम्बन्धित विद्यालय तथा जिल्ला शिक्षा कार्यालयले सम्बन्धित देशका दूताबासमा बुझ्नु, फलो गर्नु, ताकेता गर्नु आबश्यक देखिन्छ ।
छिमेकी मुलुकले बनाउने भनेपछि अन्य देशको भन्दा भरपर्दो सहयोग होला भनेर अपेक्षा गरेका ती विद्यालयका नेतृत्व अहिले चिन्तामा छन् । न सम्झौता तोड्नु, न उनीहरुको प्रतिक्षा गर्नु दोधारमा परेका छन् । विद्यालयका प्रशासक, विद्यालय व्यबस्थापन समिति र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिमण्डलले राजदूताबासमा गएर भेटघाट गरी तिब्र निर्माणका लागि फलो गर्नु जरुरी छ । अन्यथा कहिलेदेखि निर्माण हुने हो अनिश्चित हुनेछ ।