| आइतवार, कार्तिक १८, २०८१

डेडलाइनको मर्यादा राख

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको नीजि आवास पुनर्निर्माणका लागि म्याद थप गरेको छ । यसअघि पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने डेडलाइन तोकिएको थियो ।
चैतभित्र एकतिहाइ मात्र काम सकिएपछि फेरि चैतसम्म म्याद थप गरेको थियो । चैतमसान्तसम्म पनि दोस्रो किस्ता लिनेको संख्या अत्यन्तै कम भएकाले असार मसान्तसम्म म्याद थप गरिएको छ ।
डेडलाइन आउनै लाग्दा घर बनाउने कामले तिब्रता लिने गर्छ । म्याद थपिएपछि फेरि काममा ढिलाइ हुने गर्छ । यो मानवीय गुण हो । गुण अथवा अवगुण हो । यो निरन्तरतालाई भंग गर्दै अब असारमसान्तभित्र सबैको घर निर्माणको काम सक्ने गरी काम अघि बढोस् । फेरि म्याद थप्नु प¥यो भने म्याद तोकेको अर्थै छैन ।
त्यसैले कि डेडलाइन नै नतोक्नू, तोकेपछि डेडलाइनको मर्यादा राख्नुपर्छ । प्राधिकरणको घर बनाउने होइन । घर आफ्नै बनाउने हो त्यसैले कामलाई तिब्रता दिनुपर्छ ।
प्राधिकरणले पनि भूकम्प पीडितको सूचीमा नाम छुटेकाहरुको गुनासो अध्ययन गरी नाम प्रकाशित गर्न ढिला गर्नुहुदैन । उनीहरुलाई पनि डेडलाइन भित्रै काम सक्ने गरी नाम प्रकाशित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्