| बुधबार, अशोज २३, २०८१

गोरखामा सुरु भयो विद्यार्थी भर्ना अभियान, सबै वालवालिकालाई समेट्ने लक्ष्य

दरौँदी ः शैक्षिक सत्र २०७५ को लागि गोरखामा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । पहिलो चरणको भर्ना अभियान जिल्लाका ११ वटै स्थानीय तहका विद्यालयहरुमा आइतबार देखि सुरु गरिएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले जानकारी दिए ।
‘हामीले जिल्लाभर आज (आइतबार) बाट पहिलो चरणको भर्ना अभियान सुरु ग¥यौँ’ सुबेदीले भने ‘२ गते देखि १५ गते सम्म नियमित भर्ना अभियान चल्छ । त्यस पछि पनि बाँकी रहेकाहरुलाई घरदैलो गर्ने अभिभावक तथा वालवालिका हरुलाई भेट्ने र विद्यालय सम्म ल्याउने हाम्रो दोस्रो चरण छ । तेस्रो चरणमा गुणस्तरिय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भनेर सरोकारवालाहरुबिच छलफल गरिन्छ ।’
गुणस्तरिय शिक्षा सुनिश्चिताकाका लागि विद्यार्थी टिकाउनको वालमैत्री शिक्षा दिन सबै विद्यालयहरुले आवश्यक तयारी गरेको उनले बताए । विद्यालयको पहुँच बाहिर रहेकालाई पहुँचमा पु¥याउने, विद्यालय पु¥याएर भर्ना गरिसकेपछि टिकाउने र उनीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अभियान सुरु भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गोरखा जिल्लामा गत शैक्षिक सत्रमा वार्षिक रुपमा ९९ दशमल ५ प्रतिशत विद्यार्थी विद्यालयको पहुँचमा पुगेका थिए । अघिल्लो वर्षको तथ्याङ्कलाई आधारमान्दा शून्य दशमलब ५ प्रतिशत विद्यालय जाने उमेरका विद्यार्थीहरु पहुँच बाहिर रहेका छन । सिमान्कृत र दुर्गम क्षेत्रका वालवालिका विद्यालयको पहुँचबाहिर रहेको उनले बताए । भर्ना भएका जम्मा विद्यार्थी मध्ये अघिल्लो वर्ष ३ दशमलब ५ प्रतिशतले कक्षा छोडेका थिए । यस वर्ष सो संख्या न्यूनिकरण गर्ने लक्ष्यका साथ भर्ना अभियान सुरु भएको सुबेदीको भनाई छ । यस वर्ष सबै विद्यालयका विद्यार्थीलाई पुग्नेगरी पाठ्यपुस्तक गोरखा आइसकेको समेत उनले बताए । पुस्तक ब्यवसायिहरुसँग सहकार्य गरिरहेको समेत उनले जानकारी दिए । सिरान्चोक गाउँपालिकाले धर्मवती मावि चोरकाटेबाट गाउँपालिकामा विद्यार्थी भर्ना अभियान सुरु गरेको जनाएको छ । उक्त विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर कुमालको अध्यक्ष्यता भएको भर्ना अभियानमा प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरूङको प्रमुख आतिथ्यतारहेको थियो । हामी सबैको इच्छा, निशुल्क अनिवार्य आधारभुत शिक्षा भन्ने मुल नारालाई आत्मसाथ गर्दै अभियान सुरु गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
गाउपालिकाका शिक्षा शाखा प्रमुख दामोदर रेग्मी ले गाउपालिका भरीका वालवालिकाको झिकाउ सिकाउ र टिकाउलाई अहिलेको अभियानले लागु गर्न सहयोग मिल्ने बताए ।
उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष गुरूङले विद्यार्थीहरु मोसा नेपाली, सँगीता विक र आशीका कुमाललाई सँयुक्त रूपमा कक्षा एकमा मा नयाँ भर्ना गराई भर्ना अभियानको सुरु गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
अभिभावक, ब्यवस्थापन समिति शिक्षक र विद्यार्थीलाई आ(आफ्नो भुमिका प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिँदै अध्यक्ष गुरुङले गाउँपालिकाको शिक्षाको स्तरमा सकरात्मक सुधारका लागि आजैवाट थप पहल गरिने प्रतिवद्वता समेत ब्यक्त गरे । गाउँपालिकाले दरबन्दी मिलानका लागि समिति नै गठन गरेर अघि बढेको उनले बताए । गाउँपालिकाले गुणस्तर शिक्षाका लागि शिक्षकहरुलाई पनि चरणचरणमा शसक्तिकरण तालीम आयोजना गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्