| बुधबार, अशोज १०, २०८०

गाउँपालिकाको अध्यक्षलाई अक्रमण गर्नेमाथि उजुरी

शिक्षा बाट बन्चित वालवालिकालाई विद्यालय ल्याउन धार्चेको नयाँ योजना

दरौँदी ः विद्यालय शिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउन धार्चे गाउँपालिकाले नयाँ योजना सार्वजनिक गरेको छ । गाउँपालिकाले विद्यालय नगएका वालवालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउन मासिक एकसयका दरले तीन वर्ष सम्म ३६ सय रुपैँया सहयोग गर्ने भएको छ ।
उक्त सहयोग पाएका विद्यार्थीहरुले उनीहरुकै संरक्षणमा हुने गरेर गाउँपालिकाले तोकेको स्थानमा बृक्षा रोपण भने गर्नुपर्नेछ । बृक्षा रोपणको लागि विरुवा गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका प्रमुख सन्त बहादुर गुरुङले जानकारी दिए ।

गाउँपालिकाले अपिल पत्र नै जारी गरेर विद्यालयको पहुँच बाहिर कति विद्यार्थी छन् भन्ने तथ्याङ्क संकलन गर्न सबै पक्षलाई आग्रह गरेको छ । त्यस्तै गाउँपालिकाका प्रमुख गुरुङले धार्चे गाउँपालिका भित्रका विभिन्न विद्यालयका शिक्षकहरुलाई भेला गरी गाउँपालिकाको शिक्षाको गुणस्तर बढाउन तथा विद्यालय बाहिर रहेका विद्यार्थी पहिचान गर्न आग्रह गरेका छन् । अहिले सम्म गाउँपालिका भित्रबाट ५० जना वालवालिका विद्यालय शिक्षाबाट बञ्चित रहेको बताए । उनका अनुसार यो तथ्इाङ्क अझै बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्