| शुक्रबार, बैशाख ७, २०८१

कक्षा १२ को नतिजा माघ १० भित्रै

कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल (ईजोन) ले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले बताए।
४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उनले बताए । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्