विद्यार्थीको साथमा बाबुराम, आमरण अनशनरत विद्यार्थीहरुको अनशन तोडाउदै
शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै अमरण अनसनमा बसेका विध्यार्थीहरुले शनिवार अनशन तोड्ने भएका छन्।
चैत १२ गतेदेखि मार्इतिघरमा अमरण अनशन बसेका विद्यार्थीहरुलार्इ आज नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टरार्इले जुस खुवाएर अनशन तोडाउने भएका हुन्।
कांग्रेस नेता एवम् तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएको थियो। सोही संशोधनअनुसार शिक्षा विभागले अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा सञ्चालनको तयारी गरेको छ। परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएकाले विध्यार्थीहरुले विरोध गरेका थिए।