| आइतवार, माघ २७, २०८१

विद्यालयमा राजनीति नगर

माओवादी शान्ति प्रक्रियामा आएका बेला विद्यालय लगायत धेरै क्षेत्रमा अत्याधिक राजनीतिक चलखेल हुने गर्थे । धेरै अप्रिय घटना पनि घट्ने गर्थे । यातायातको क्षेत्र, विद्यलाय, ठेक्कापट्टाका क्षेत्रमा धेरै घटना हुन्थे ।
त्यो रुपान्तरणको समय थियो । युद्ध लडेर आएका कार्यकर्ता शान्ति प्रक्रियामा आउन समय लाग्नु, युद्धको बानी ब्यबहार परिवर्तन हुन समय लाग्नु स्वभाविक थियो । तर अहिले पनि राजनीकि चलखेलकै कारण कुनै विद्यालय लामो समयदेखि प्रभावित हुन्छ भने त्यो दुखद हुन्छ ।
बारपाकको हिमालय माविमा त्यस्तै भएको छ,अहिले । हिमालय माविमा पुस महिनादेखि प्रधानाध्यापक छैनन् । तत्कालीन प्रअ जिल्लान्तर सरुवा भई गएपछि मावि तहका पनि निमावि तहका पनि शिक्षक कोही पनि विद्यालयको नेतृत्व लिन तम्सेनन् । एक जना प्राबिका शिक्षक तम्सिए, उनलाई समितिले समर्थन पनि ग¥यो, तर वडा र गाउँपालिका कार्यालयले उनको समर्थन गरेन । कारण थियो, प्रस्तावित प्रअको राजनीतिक विचार र वडा तथा गाउँपालिकाको नेतृत्वको राजनीतिक विचार फरक थियो ।
सिर्फ राजनीतिक बिचार नमिल्दा एउटा विद्यालय चार महिनादेखि नेतृूत्व बिहिन हुनु, त्यहाँ कार्यरत ३० जना भन्दा बढि शिक्षक कर्मचारी ले तलबभत्ता खान नपाउनु दुखद घटना हो । तीन वटा शिक्षक दरबन्दी खालि छ, नयाँ शैक्षिक सत्र सुरु नहुदै सो पदपूर्ति गर्नुपर्ने छ, तर कसले गर्ने ? अन्यौलता नै छ । बेलैमा शिक्षक नियुक्ती नगरे बैशाखदेखि पढाउने शिक्षक हुदैनन्,पढाइ प्रभावित हुन्छ । तसथै शिक्षण संस्थामा राजनीति गर्नु दुखद हो, निन्दनीय कुरा हो । यस्ता गतिबिधि बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्