| बिहिबार, मंसिर २१, २०८०

गोरखाली समाज यूके ट्रस्टको सहयोग विपन्न विद्यार्थीलाई

गोरखाली समाज यूके ट्रस्टले जिल्लाका एकसय ११ जना विद्यार्थीहरुलाई विभन्नि शैक्षिक सामाग्रीहरु सहयोग हस्तान्तरण गरेको छ । मंगलबार गोरखा सदरमुकाम स्थित होटल गोरखा प्यालेसमा एक कार्यक्रम गरी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो । ट्रस्टका अध्यक्ष जयबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदी , पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष किशोरजंग थापा, भव भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए । आर्थिक अबस्था कमजोर भएकै कारण कुनै विद्यार्थीले आफ्नो पढाई टुंगाउनु नपरोस भनेर सहयोग गरेको अध्यष गुरुङले बताए । सहयोग पाएका विद्यार्थीहरु दलित, गरिब जेहेनदार विपन्न तथा अभिभावकहरु समेत नभएकाहरु रहेको स्थानीय समन्वयकर्ता तथा शहिद लखन गाउँपालिका ७ का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्