| शनिबार, अशोज १०, २०७७

१४ औँ पश्चिमकाली महोत्सव सम्पन्न

१४ औँ पश्चिमकाली महोत्सव शनिबार सम्पन्न भएको छ ।
हरेक वर्ष नेपाली नयाँ वर्षको दिन बैशाख १ गते मनाइने महोत्सव शनिबार पनि धुमधामका साथ मनाईयो । पश्चिमकाली तथा खड्कदेवी मन्दिर ब्यवस्थापन एवं संरक्षण समितिले आयोजना १४ वर्षयता निरन्तर महोत्सव गर्दै आइरहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनलागि महोत्वस आयोजना गरेको समितिका अध्यक्ष तथा उक्त महोत्सवका अध्यक्ष दिपक भट्टाईले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश ४ का भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले यस्ता मेला महोत्सवले समग्र जिल्लाको प्रचारप्रसार सँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने भन्दै पर्यटनको सम्भावना भएको ठाउँमा भौतिक पुर्वाधारहरु निर्माण गर्न आफु सकेको सहयोग गर्ने समेत बताए । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले मेलाले गोरखा नगरपालिका सँगै सिंगो गोरखाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । उनले गोरखा नगरपालिकाले यसखाले पर्यटन प्रवद्र्धनका क्रियाकलापमा नगरपालिकाको साथ रहने समेत बताए । मेला भर्न गोरखा लगायत छिमेकी जिल्ला तनहुँ, लम्जुङ लगायतका जिल्लाबाट भक्तजनहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस्