
सविनाले सय खोला डाँडा काटेपछि रामेश्वर र बिरबललाई पर्यो आपत (भिडियो सहित )
गोरखा : गोरखाली गायक आँशु लामाको शब्द, संगीत र सुमधुर स्वरले भरिएको सयखोला डाँडा काटेर गिती एल्बम यूट्यूमा सार्वजनिक भएको छ । उक्त गितको म्यूजिक भिडियोमा सविना गुरूङ, रामेश्वर न्यौपाने र बिरबल घले (विरुप) लगायतको अभिनय रहेको छ ।
सविना र रामेश्वरको पहिलो अभिनय समेत रहेको उक्त म्यूजिक भिडियोलाई बिरबल घलेले नै निर्देशन गरेका छन् । भिडियो धिताल फिल्मस प्रालीको प्रस्तुतीमा मोडल बिरबल घलेको निर्देशनमा तयार भएको हो । म्यूजिक भिडियोको निर्माता रामेश्वर न्यौपाने छन् । गायक लामा, मोडल सबिना तथा विरबल गोरखाकै हुन भने न्यौपाने नुवाकोटका हुन् ।