| शुक्रबार, अशोज २, २०७७

‘तरकारीवाली’ लाई अनमोलको हिरोइन बन्ने रहर

‘तरकारीवाली’ लाई अनमोलको हिरोइन बन्ने रहर

बैसाख । त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुसुम श्रेष्ठको फोटो पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा हालेपछि करीब एक वर्ष अगाडि सामाजिक सञ्जालमा ठूलै हलचल मच्चियो ।
नेपालमा मात्र होइन भारत लगायतका देशमा समेत उक्त तस्बिरले धुम मच्चायो । गाउँकी एक साधारण युवती कुसुम रातारात सेलिब्रेटी बनिन् । दर्जनौं फिल्मबाट अफर आए । म्यूजिक भिडियोको अफर गनिसाध्य छैन । यसैबीच उनले बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ साइन गरिन् ।

‘तरकारीवाली’ को नाम जोडिएकै कारण दिन प्रतिदिन यस फिल्मको हाइट बढ्दो छ । गत बिहीवार फिल्मको ट्रेलर समेत सार्वजनिक भयो । उनी आफ्नो भूमिका छोटो भए पनि राम्रो रहेको सुनाउँछिन् । उनी भन्छिन्, ‘राम्रो भूमिका पाएर ‘लम्फू’ गरें । अब दर्शकको प्रतिक्रिया बुझ्न आतुर छु ।’ उनी यो फिल्म रिलिजपछि मात्र अन्य फिल्म गर्ने वा नगर्ने भन्ने कुराको निधो गर्ने बताउँछिन् ।

कुसुम भन्छिन्, ‘राम्रो फिल्मबाट अफर आएको खण्डमा सोच्ने छु । तर, म आफ्नो अध्ययनलाई भने विश्राम दिएर फिल्म गर्दिनँ । दुबैलाई सँगै अगाडि बढाउँछु ।’ उनी अभिनेता तथा मोडल पुष्प खड्काको ठूलै प्रशंसक हुन् । कोसँग पर्दामा स्क्रिन शेयर गर्ने मन छ ? भन्ने प्रश्नमा उनले झट्टै उत्तर दिइन्, ‘पुष्प खड्का साह्रै मन पर्छ । मैले उहाँको हरेक भिडियो हेरेको छु । फिल्म ‘मंगलम’ पनि निकै राम्रो लाग्यो । उहाँसँग काम गर्न पाएँ भने नाईँ भन्दिनँ ।’ पुष्प मात्र होइन उनलाई अहिलेका चल्तिका स्टार नायकसँग पनि काम गर्ने ठूलो इच्छा रहेछ । उनी भन्छिन्, ‘अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ पनि खुब मन पर्छ । उहाँहरुको जोडी भएर काम गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्