| बिहिबार, अशोज ८, २०७७

सृजना

दर्शकको मन जित्दै सृजनाको मिठो बोलिले(भिडियो सहित)

भनिन्छ नाम अनुसार को काम हुन्छ तर यो सबैमा लागू भने नहुने रहेछ । पछिल्लो समय नबउदायमान गायिका हुन सृजना खत्री उर्फ हाउडेमाया ।
नाम हाउडेमाया भएपनी स्वभाव भने निकै मिजासिली गायिका मानिन्छिन सृजना लाई । सिन्धुपाल्चोक बाट एउटा सफल कलाकार भने उदेश्यले राजधानी छिरेकी हाउडेमाया यति खेर मीठो बोली ले नामक गीत बजारमा लिएर आएकी छिन ।
युवा बर्गको मन मस्तिष्कमा बस्न सफल गायिका खत्रीको यो नै पहिलो गीत भने होइन हाउडेमाया, शिरैमा सिन्दुर , लाहुरेमाया जस्ता गीत ले दर्शक श्रोताको मन जितेकि खत्रीको लाहुरेमाया को अपार सफलता पछि मीठो बोलिले बजारमा ल्याएकी हुन । 
तृसना म्यूजिकको ब्यानरमा बजारमा आएको मीठो बोलिले को शब्द सृजना स्वयमकि रहेको छ भने संगीत मनोज राज सिवाकोटीले भरेका हुन । युवराज वाइवा को निर्देशन रहेको म्यूजिक भिडियोमा रोसनी जुना र नबिनाको उत्कृष्ट नृत्य रहेको छ । 
प्रतिक्रिया दिनुहोस्